प्राइम सहकारी पुरस्कृत

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ पुस ।
सुर्खेतमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाबाट कर्णाली प्रदेशको उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत गरिएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ को उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिएको संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए । प्राइमले आर्थिक वर्ष २०७४÷०७५ एक करोड ७१ लाख ६५ हजार रूपैयाँ नाफा आर्जन गर्न सफल भएको
थियो । संस्थाले दुई अर्ब ६ करोड २३ लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो । एक अर्ब ४७ करोड १० लाख कारोबार गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा ५३ करोड ५२ लाख रूपैयाँ बढी कारोबार गर्न सफल भएको संस्थाले जनाएको छ ।
संस्थाले गत वर्ष एक अर्ब ४५ करोड ९१ लाख रूपैयाँ बचत संकलन गरेको छ जुन आर्थिक वर्ष २०७३÷०७४को भन्दा ६२ करोड ८५ लाखले बढी हो । आ.व. २०७४÷०७५ मा संस्थाको शेयर पूँजी एक करोड २० लाखले वृद्धि भइ आठ करोड ३९ लाख पुगेको छ ।

प्रकाशित मितिः   २३ पुष २०७५, सोमबार ११:४३