हिमालीलाई पुस्तक सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ पुस ।
पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खड्ग बस्याल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरमा रहेको हिमाली पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । आइतवार पुस्तकालयमा आयोजित एक कार्यक्रममा बस्याल र सुवेदीले करिब तीन सय थान पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री बस्यालले सभ्य समाजमा पुस्तकालय अपरिहार्य रहेको बताउँदै आफूसँग भएका पुस्तकहरू प्रदान गरेको बताए । उनले आगामी दिनमा पनि पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले यहाँका सामुदायिक पुस्तकालयहरूको संरक्षण र विकासमा सहयोग पु¥याउने बताए । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनालले पनि हिमाली पुस्तकालयका लागि आफूले सकेको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
पुस्तक हस्तान्तरण कार्यक्रम पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । पुस्तकालयले सदस्यता वृद्धिका साथै पुस्तक संकलन लगायतका कार्यक्रम गर्न लागेको सचिव दिव्यराज खड्काले जानकारी दिए । उनले पढ्न चाहनेहरूका लागि आवश्यक सबै पुस्तकसहितको बृहत पुस्तकालय निर्माणमा सहयोग गर्नसमेत सबैसँग आग्रह गरे ।

प्रकाशित मितिः   २३ पुष २०७५, सोमबार ११:४२