फोटोग्राफर समितिमा भुषाल

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ पुस ।
सुर्खेत फोटोग्राफर समितिको अध्यक्षमा विष्णुप्रसाद भुषाल चयन भएका छन् । आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा केशरबहादुर थापा, सचिवमा बसन्तप्रसाद जोशी, कोषाध्यक्षमा ऋषिप्रसाद अधिकारी र सह–सचिवमा नरेन्द्र मल्ल चयन भएका छन् । यस्तै सन्तोष रञ्जित, कृति थापा, मिनध्वज खड्का, जसवीर रावल, गोविन्द रिजाल र डम्बर सुनार सदस्यमा चयन भएका छन् ।
सभाले लिलाराम ढुङ्गाना, खड्कबहादुर सारु, मानबहादुर मर्साङ्गी मगर, कमल न्यौपाने, मदन खड्का धनबहादुर घर्ती र नरेन्द्र थापालाई सल्लाहकारमा चयन गरेको छ ।

प्रकाशित मितिः   २३ पुष २०७५, सोमबार ११:४१