सहकारी बैंकको सदस्यमा योगी

सुर्खेत, २२ पुस । (साबिस)
हरिहरनाथ योगी राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न निर्वाचनबाट योगी सञ्चालक समिति सदस्यमा निर्वाचित भएका हुन् ।
कर्णाली प्रदेशबाट योगी सदस्य निर्वाचित भएका हुन् । उनले तीन हजार दुई सय ४९ मत प्राप्त गरे । वीरेन्द्रनगर–४ मा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगी लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील छन् । सहकारी, राजनीति र समाजसेवामा समेत क्रियाशील उनी पूर्व शिक्षक पनि हुन् ।

प्रकाशित मितिः   २३ पुष २०७५, सोमबार ११:४१