पद मुखिया तलब एक सय नब्बे रूपैयाँ
श्यामलाल कँडेल प्रदेश अस्पताल विकास समिति सुर्खेतका अध्यक्ष हुन् । वि.सं. २०३७ सालदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील कँडेललाई भर्खरै मात्र कर्णाली प्रदेश सरकारले अस्पताल विकास समितिको अध्यक्षमा मनोनय गरेको छ । वि.सं. २०१६ भदौ २७ गते बुबा मनिराम कँडेल र आमा भागीरथी कँडेलको जेठो सन्तानका रूपमा दैलेखको गुराँस गाउँपालिकामा जन्मिएका उनी । लामो समयसम्म सरकारी सेवामा रहेर स्वास्थ्य क्षेत्रमै सक्रिय रहे । जाईका, यूनिसेभ र डब्लूएचओ जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा समेत काम गरिरहेका कँडेलले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः
मेरो जन्म किसान परिवारमा भयो । बुबाआमा कृषक हुनुहुन्थ्यो । हामी दुई बहिनी र तीन भाइ छौं । म घरको जेठा सन्तान । जन्म दैलेखमा भएको हो । म ६ वर्षको हुँदासम्म दैलेखमा नै थियौं । त्यसपछि हाम्रो परिवार बसाइँ सरेर सुर्खेतमा आयो ।
वि.सं. २०२३ सालमा दैलेखबाट सुर्खेतको गोठीकाडाँमा आयौं । त्यहाँ एक वर्ष बसेपछि भैरवस्थान बसाइँ स¥यौं । मैले कक्षा १ देखि लाटीकोलीको विद्यालयमा पढें । त्यहाँ २ कक्षासम्म पढें । खाली खुट्टा विद्यालय जाने गरेको सम्झना अझै पनि ताजा नै छ । भैरवस्थानबाट लाटीकोइली पुग्न एक घण्टा भन्दा बढी समय लाग्थ्यो । बाटोहरू अहिलेको जसरी बनिसकेका थिएनन् । खेतको आलि हुँदै खाली खुट्टा विद्यालय जान्थ्यौं ।
पढाइमा राम्रो विद्यार्थीकै रूपमा गनिन्थें । एक कक्षा र दुई कक्षा पढ्ने बेलामा कस्तो पढाइ थियो भनेर याद छैन । तर कक्षा ३ पढ्न थालेपछि भने पढाइ कस्तो भयो भनेर थाहा हुन थाल्यो । दुई कक्षासम्म लाटीकोलीमा पढेपछि भैरवस्थान पढ्न आएँ । लाटीकोलीमा पढ्दा लेखेर परीक्षा दिनुपरेन । मौखिक रूपमै परीक्षा भयो । उत्तीर्ण पनि भइयो । भैरवस्थानमा तीन कक्षामा पढ्दा पहिलो अर्धवार्षिक परीक्षामा फेल भएँ । त्यस भन्दा अघि कहिल्यै पनि लेखेर परीक्षा दिएको थिइनँ । फेल भएपछि धेरै नरमाइलो लाग्यो । साँझ घर आएँ । बुबाले ‘तँ फेल भइस् ?’ भनेर सोध्नुभयो । बोल्न मन पनि लागेन । घरको एउटा कुनामा बसेर रोएँ । खान मन पनि लागेन ।
त्यसपछि मैले राम्रोसँग पढ्नुपर्छ भन्ने लाग्यो । पढाइमा ध्यान दिन थालें । मेहेनत गर्न थाले । तीन कक्षाको वार्षिक परीक्षामा प्रथम भएँ । खशीको सीमा नै रहेन । प्रथम हुँदा एउटा कापी र पेन्सील पुरस्कार पाएको थिएँ । हाफ पेन्ट र भेष्ट मात्र लगाएर पुरस्कार थाप्न गएको सम्झना अझै पनि उस्तै छ । त्यसपछि म पढाइमा कहिल्यै पनि कमजोर भइनँ ।
हामी वरपिपलको चौतारीमा बसेर पढ्थ्यौं । विद्यालयको भवन थिएन । विद्यालयका लागि भनेर छाप्रा बनाइयो । एक वर्षपछि त्यही छाप्रामा पढ्यौं । कक्षा पाँचसम्म म भैरवस्थान पढेपछि बजार पढ्न आएँ । त्यहाँ पनि मेरो पढाइ राम्रोे थियो ।
हाम्रो किसानको परिवार भएकाले घरको काम पनि गर्नुपथ्र्यो । घरमा गाई भैंसी थिए । बिहान सधैं दुध बेच्न बजार जानुपथ्र्यो । कहिले काहीं गोठालो पनि जान्थें । बुबाआमा खेतकै काममा हुनुहुन्थ्यो । खाजा बनाएर पु¥याउन जानुपथ्र्यो ।
ठूलो हुुँदै गएपछि खेतमा गएर हलो जोत्ने काम पनि गरियो । दैलेखमा हुँदै गोठाला जाँदा हिउँ परेकाले एकदिन र रातसम्म नै ओडारमा बस्यौं । स्कुल जानु पर्दैन्थ्यो । प्रायः दिउँसोको समयमा गाई गोठालो जानुपथ्र्यो । चिसोको समयमा हो । एक दिन हिउँ प¥यो । हिँड्ने बाटो पनि भएन । दुई जना साथीहरू ओडारमा बसेका थियौं । अरु साथीहरूले गाइबाख्रा लिएर घर पुगेछन् । हामीलाई खोज्न आउनु भएको त रहेछ तर कतै भेटाउनुु भएन । हामी रातभरी नै ओडारमा भोकै बस्यौं । भोलिपल्ट दिउँसो हिउँ पग्लिएपछि घर आयौं ।
घाँस दाउरा गर्नुपथ्र्यो । हामी कृषक परिवार भए पनि भैरवस्थान बस्ने भनेपछि कम्युनिष्ट हुन भन्ने मानसिकता सबैमा हुन्थ्यो । एक पटक एक जना साथीले एउटा पसलको क्यालेण्डरमा ‘जंगबहादुरको घोडा किन्न सक्नेले राजाको पनि घोडा किन्न सक्छ’ भनेर लेखेछन् । अनि हामी १० वर्षदेखि २५ वर्ष उमेरमा सबै साथीहरूलाई प्रहरीले खोज्यो । त्यतिबेला म दैलेख गएको थिएँ । केही साथीहहरूलाई प्रहरीले पक्रेछ । त्यसपछि कम्युनिष्ट भनेको के रहेछ भनेर बुझ्न मन लाग्यो । किताबहरू र लेखहरू पढ्न थालें । पछि मेरो भाई (यामलाल कँडेल) ले राजनीति नै सुरु ग¥यो । म व्यवसायिक रूपमा स्वास्थ्य क्षेत्रमा लागें ।
बाल्यकालमा मेरो रुचि साहित्यतर्फ पनि थियो । कविता लेख्ने गर्थें । पाँच कक्षा पढ्दै गर्दा ‘म फूल भए’ शीर्षकको कविता लेखेको थिएँ । कविता प्रतियोगितामा भाग पनि लिएको थिएँ । तेस्रो बन्न सफल भएँ । सानोमा साहित्यक उपनाम खुवै राखिन्थ्यो । मलाई साहित्य अलि आउने भएकाले साथीहरू मलाई कवि भनेर बोलाउँथे । तर आफ्नो उपनाम ‘पागल’ राखेको थिएँ ।
कक्षा १० मा पढ्न सुरु गरेको थिएँ । घरमा विवाहको कुरा चल्यो । मलाई विवाह गर्न मन थिएन । बुबाले बिहेको कुरा पक्का गरिसक्नुुभएको रहेछ । केटी हेर्न जाउँ भनेर भन्नुभयो । मैले मानिनँ । बुबा रिसाउनुभयो । अन्तिमा विवाह गर्न तयार भएँ । तर पहिले केटी हेर्न गइनँ । सिन्दुर हाल्ने बेला मात्र एक झल्को पहिलो पटक आफूले विवाह गर्न लागेकी दुलही देखें ।
पहिला टेष्ट परीक्षा पास गरेपछि मात्र एसएलसी दिन पाइन्थ्यो । टेष्ट परीक्षा दिने बित्तिकै भूमि सुधार कार्यालयमा केही महिनासम्म मुखिया पदमा रहेर काम गर्ने मौका मिल्यो । त्यस बेलामा एक सय ९० रूपैयाँ तलब र राशन भत्ता आठ रूपैैयाँ थियो । त्यसबेलामा मैले वीरेन्द्रनगर बजारबाट आठ रूपैयाँमा घरमा सबै साथीहरूलाई एक–एक समान किनेर लगिदिएको थिएँ ।
त्यसदिन सबै भन्दा बढी खुशी लागेको थियो । त्यसपछि एसएलसीको परीक्षा दिएँ । मैले २०३४ सालमा एसएलसी पास गरेको हुँ । एसएलसीपछि कृषि पढ्न नेपालगन्ज गएँ । त्यसै बेलामा यता सीएमएको भर्ना खुल्यो । घरमा पनि डक्टर बन्ने भनेर भन्नुहुन्थ्यो । त्यपछि म सीएमए पढ्का लागि सुुर्खेत आएँ । अन्तिममा स्वास्थ्य क्षेत्रमा नै सरकारी सेवा प्रवेश गरेको हुँ ।
वि.सं. २०३७ सालदेखि अहिलेसम्म स्वास्थ्य सेवामा निरन्तर छु । २०÷२१ वर्षसम्म सरकारी सेवामा रहें, त्यसपछि गैरसरकारी संस्थामा आवद्ध भएर पनि काम गरें । बाल्यकाल राम्रोसँगै बित्यो । बदमासी भने बुझ्ने भएदेखि कहिल्यै पनि गरिएन । एक पटक सानै छँदा सानो हजुरबुबाको कोटको पकेटबाट दुई रूपैयाँ डरल पैसा तानेको थिएँ । त्यो पनि राख्नका लागि मात्र, पछि त्यो हरायो । विशेष गरेर बाल्यकाल पढाइ र घरको काममा बुबाआमालाई सघाएर नै बित्यो ।
साझा बिसौनी ।