बौद्ध ग्रामीणमा रोकाय

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ पुस ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा पुनः पञ्चसिंह रोकाय चयन भएका छन् । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १८ औं वार्षिक साधारणसभाले रोकायको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सिंहबहादुर गुरुङ्ग, सचिवमा पासाङ महतारा र कोषाध्यक्षमा जवानसिं बुढा चयन भएका छन् भने सदस्यहरूमा पार्वती गुरुङ्ग, पदमा महतारा र लक्ष्मी गुरुङ्ग रहेका छन् ।
संस्थाले शेयर सदस्यहरूका लागि सहज र सुलभ स्वास्थ्य सेवा लिन पाउने सुविधाका लागि अस्पताल निर्माण गर्ने, प्रविधियुक्त सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । साधारणसभामा गत आर्थिक वर्षमा कूल एक अर्ब सात करोड ४१ लाख २१ हजार एक सय ६७ रूपैयाँ कारोबार भएको आर्थिक प्रतिवेदन संस्थाका वरिष्ठ प्रबन्धक विशाल केसीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३६