लेकवेशीको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ पुस ।
लेकवेशी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१० सुर्खेतको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको १२औं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।
सभाका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले समुदायमा छरिएर रहेको पूँजीको सदुपयोग गर्नुपर्ने धारणा राखिन् । लेकवेशी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरूको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याएको भन्दै उनले सहकारीका माध्यमबाट समाज रूपान्तरणमा अझै जोड दिनुपर्ने बताइन् । संस्थाका सञ्चालक समिति अध्यक्ष प्रेमबहादुर खड्काले लेकवेशीको शेयर पूँजी १४ लाख आठ हजार पुगेको जानकारी दिए । विगतका वर्षहरूको तुलनामा सहकारीमा शेयर पूँजीमा वृद्धि हुँदै गएको उनले बताए । अध्यक्ष खड्काका अनुसार सहकारीले यो वर्ष मात्रै दुई सय १४ जना नयाँ सदस्य थपेको छ ।
हाल दुई सय ६२ सदस्य रहेको संस्थाले सञ्चालक समितिको नियमित बैठक, शेयर पूँजी, सदस्यता वृद्धि, बचत संकलन, ऋण परिचालन तथा असुली, शेयर लगानी, कर्मचारी व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएको संस्थाका सचिव रामबाबु बिसीले बताए ।
११औं साधारणसभाबाट पारित नीति तथा कार्यक्रममा रही सहकारीले विभिन्न गतिविधिहरू सञ्चालन गरेको उनले जानकारी दिए । साधारणसभामा सञ्चालक समितिका पदाधिकारी, शेयर सदस्य, बचतकर्ता, स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३६