साझा बचतको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ पुस ।
साझा बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–९ सुर्खेतको आठौं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका उप–सभामुख पुष्पाकुमारी घर्तीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा २० करोड बराबरको कारोबार गरेको जानकारी दिइएको थियो । सोही अवसरमा संस्थाले आ.व. २०७४÷०७५ मा उत्कृष्ट बचत कारोबार गर्ने दिनेश गौली तथा महिला शेयर सदस्य उमा कार्की, उत्कृष्ट ऋण कारोबार गर्ने पुुरुष सदस्य लक्ष्मीप्रसाद ढुङ्गाना तथा महिला शेयर सदस्य बालकुमारी विकलाई सम्मान गरिएको छ ।
त्यसैगरी संस्थाको ज्येष्ठ शेयर सदस्य भवानीप्रसाद सापकोटाका साथै उत्कृष्ट कर्मचारी जैसरा पुलामीलाई नगदसहित सम्मान गरिएको छ ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३६