डाँडादरा सञ्चार सहकारीमा विष्ट

साझा बिसौनी संवाददाता
पञ्चपुरी, २१ पुस ।
डाँडादरा सञ्चार सहकारीको अध्यक्षमा रामबहादुर विष्ट सर्वसम्मत् रूपमा चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभाबाट विष्टको अध्यक्षतामा सञ्चालक समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा उपाध्यक्षमा यामबहादुर बिसी, सचिवमा कृपाराम थापा, कोषाध्यक्षमा कलावती भण्डारी चयन भएका छन् भने सदस्यहरूमा कलाधर सापकोटा, लक्ष्मी सुनार, इन्द्रबहादुर रावल, रामप्रसाद तिमेल्सिना, बेला थापा, भक्तिराम कँडेल, कृष्ण विष्ट सर्वसम्मत् चयन भएका हुन् ।
अध्यक्षमा चयन भएपछि विष्टले सहकारी र सहकारीद्वारा सञ्चालित रेडियोको थप विकास र विस्तारमा काम गर्ने बताए । रेडियोको आफ्नै भवन बनाउने, कर्मचारी व्यवस्थापन लगायतका विषयमा सम्पूर्ण शेयर सदस्यहरूसँग समन्वय गरी अगाडि बढ्ने उनको भनाइ थियो । वि.सं. २०६८ मा सहकारी दर्ता भइ पश्चिम क्षेत्रमा सञ्चारको पहुँच बढाउने उद्देश्यका साथ हाल सामुदायिक रेडियो डाँडादरा एफएम १०४ मेगाहर्जसमेत सञ्चालन गरेको छ ।
सभामा कर्णाली प्रदेशसभा सदस्य यज्ञ बिसीले सञ्चारविना मुलुक विकसित हुन नसक्ने भन्दै जनतालाई सूचना र सञ्चारको पहुँचमा पु¥याउन सहयोग गरेको बताए । पश्चिम क्षेत्रमा सहकारीमार्फत् रेडियो सञ्चालन गरेकोप्रति खुशी व्यक्त गर्दै सहकारीको शेयर सदस्यसमेत बनेका छन् ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले रेडियोको पहुँच आम नागरिकसम्म पुग्नुपर्ने बताए । बराहताल गाउँपालिकाकी उपाध्यक्ष शोभा शर्माले पश्चिम क्षेत्रमा सञ्चारमा नागरिकको पहुँच बढाउन रेडियोले खेलेको भूमिकाको
प्रशंसा गरिन् ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३३