ज्येष्ठ नागरिकलाई सम्मान

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ पुस ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । संस्थाको २०औं वार्षिक स्थापना दिवसको अवसर पारेर मंगलवार संस्थामा आवद्ध एक सय ५० भन्दा बढी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनालले ज्येष्ठ नागरिकहरू समाजको सम्पत्ति भएको भन्दै उनीहरूको संरक्षण, सम्मान र सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
संस्थाका ज्येष्ठ सहयोग सम्मान उप–समितिको आयोजनामा भएको कार्यक्रम राधा कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा डम्मर आचार्य, कृष्णप्रसाद गौतम, यामराज गिरी, नवराज कँडेल लगायतको सहभागिता रहेको थियो । प्रशिक्षक डम्मर आचार्यले बृद्धावस्थामा पर्नसक्ने समस्या र आवश्यक आहार–बिहारका बारेमा जानकारी गराएकी थिइन् ।

प्रकाशित मितिः   १८ पुष २०७५, बुधबार १४:०५