रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत, १४ पुस । (साबिस)
होटेल व्यवसायी संघ सुर्खेतको आयोजनामा शनिवार वीरेन्द्रनगरमा रक्तदान गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रगतको अभाव हुन नदिन ‘रक्तदान नै जीवन दान’ भन्ने मूल उद्देश्यका साथ होटल व्यवसायी संघ सुर्खेतको आयोजना तथा जेनुन टेक्निकल इष्टिच्युटको समन्वयनमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
अध्यक्ष रावतका साथै तीर्थराज अधिकारी, शिवराज लामिछाने, मिलन चौलागाईं र राजन शाहीले रक्तदान गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष मोतिप्रसाद कँडेल र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको पनि सहभागिता रहेको थियो ।