मृतक ऐडीको शव डोल्पा पुर्‍याइयो

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ पुस ।
दाङमा भएको बस दुर्घटनामा मृत्यु भएका जगदुल्ला गाउँपालिका–५ डोल्पाका गजेन्द्र ऐडीको शव आइतवार गृह जिल्ला पु¥याइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अलपत्र परेको उनको शव आइतवार डोल्पा पु¥याइएको हो । जुम्लादेखि नेपाली सेनाको हेलिकप्टरमार्फत् जगदुल्ला गाउँपालिका–२ काइगाउँमा शव लगिएको हो ।


समय अभाव देखाउँदै शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत् गजेन्द्रको शव जुम्ला पु¥याइएको थियो । भौगोलिक विकटताका कारण आफन्तले शव बुझ्न सक्ने अवस्था नरहेपछि प्रदेश सरकारको पहलमा गजेन्द्रको शव हेलिकप्टरमार्फत् गाउँ लगिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । ‘दुर्घटनाबाट मृत्यु भएका ऐडीको शव जुम्ला ल्याउँदा पनि आफन्तले सहजै शव बुझ्न सक्ने अवस्था देखिएन’ उनले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालयले खर्च व्यहोर्ने गरी हेलिकप्टरमार्फत् शव डोल्पा पु¥याइएको छ ।’
जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायका अनुसार मृतक गजेन्द्रको शव आफन्तले बुझेका छन् । धार्मिक संस्कार अनुसार मृतकको अन्त्यष्टी गरिने उनले जानकारी दिए । डोल्पादेखि अध्ययनका लागि दाङ गएका गजेन्द्रको बस दुर्घटनामा परी मृत्यु भएको हो । शुक्रवार भएको दुर्घटनाबाट ज्यान गुमाएका उनको शव आइतवार मात्रै आफन्तले पाएका छन् ।

प्रकाशित मितिः   ९ पुष २०७५, सोमबार १२:२१