उचित ज्याला माग्दै श्रमिक्

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ पुुस ।
श्रम अनुसारको ज्याला पाउन नसकेको भन्दै सुर्खेतका मजदुरहरूले गुनासो गरेका छन् । वर्षौंदेखि श्रमिकहरूको उचित ज्याला नपाएको भन्दै यहाँका मजदुरहरूले सरकारलाई ध्यानाकर्षण समेत गराएका
छन् ।
मर्यादित काम र सुरक्षित कार्यथलोको अभावमा पिल्सिरहेको गुनासो उनीहरूको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशले मजदुरका पक्षमा विभिन्न मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो । १८ औं अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०१८ का अवसरमा जिफन्ट कर्णाली प्रदेश संगठन कमिटीले वीरेन्द्रनगरमा र¥यालीसमेत निकालेको थियो ।
¥याली पछिको कोणसभालाई सम्बोधन गर्दै जिफन्ट प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले श्रमिकहरूलाई उचित ज्याला दिलाउन सरकारले पनि पहल गर्नुपर्ने बताए ।
साथै उनले वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न प्रदेश सरकारले ठोस नीति तथा कार्यक्रमहरू तय गरी तत्काल कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । गरिबी, अशिक्षा र सीपबिहीन श्रमिकहरूलाई झुक्याएर विदेश पठाउने दलालदेखि आम श्रमजीवी वर्ग सजग रहनुपर्ने उनले बताए ।