सुर्खेतका रमणीय ठाउँहरू

दोभान
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ४५ किलोमिटर पश्चिममा सुर्खेतको गहनाको रूपमा रहेको भेरी कर्णालीको संगम स्थल दोभान छ ।
स्वच्छ हावापानी, हराभरा वनजंगल, कलकलाउँदा भेरी र कर्णाली नदीका साथ कुहुकुहु कोइलीको आवाजले मनै लोभ्याउँछ । मनमोहक तुल्याउने प्राकृतिक स्पर्षका खानी, प्राकृतिक सौन्दर्यता जैविक विविधता, बहुजातीय, बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाले जहाँ प्राकृतिक सुन्दरता, हरियाली दृष्यका साथै नेपालकै लामो नदी कर्णाली र भेरी नदीको संगमले जोडिएको कर्णाली र सुदूरपश्चिम प्रदेशको पर्यटकीय त्रिवेणी, कर्णाली र भेरी नदीको संगम स्थल । जुन सुर्खेतको घुम्नलायक मध्येको एक ठाउँ हो । तर यसको प्रचार–प्रसार हुन सकेको छैन ।


बराहताल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ३० किलोमिटर पश्चिममा सुर्खेतको अर्को गहनाको रूपमा रहेको छ बराहतला । प्राकृतिक रूपमा आकर्षक मानिएको बराहताल घना जंगलको बीचमाअवस्थित छ । सो ताल १६ बिगाह क्षेत्रफलमा फैलिएको छ भने करिब पाँच मिटरको गहिराइ रहेको ताल तीन किलोमिटरको घेरामा रहेको छ ।
बराहताल पर्यटन विकास केन्द्रसमेत गठन भइ संरक्षण र पर्यटन प्रवद्र्धनका लागि त्यहाँका जनता लागि परेका छन् । तर अझै पनि यसको पूर्णरूपमा संरक्षणका साथै प्रचार–प्रसार हुन सकेको छैन । तालसम्म पुग्ने सडक यातायातको सहज पहुँच नहुँदा पर्यटकीय गन्तव्य बन्न सकेको छैन । यही सडकको सहज पहुँच, तालको संरक्षण र थप विकासका साथसाथै प्रचार–प्रसार गर्नसक्ने हो भने यो तालले थुप्रै पर्यटकहरूको मन लोभ्याउनेछ र समग्रमा बराहतालको समृद्धिमा समेत योगदान पु¥याउनेछ ।
चमेरे गुफा/जाजुरा दह
वीरेन्द्रनगरबाट ७५ किलोमिटर पश्चिममा पञ्चपुरी नगरपालिकामा चमेरे गुफा रहेको छ । यो पनि जिल्लाको एक पर्यटकीय केन्द्र हो । गुफा निकै आकर्षक छ भने उक्त गुफाभित्र चमेराहरूको बासस्थान रहेको छ । यसका साथै पञ्चपुरीमा नै रहेको अर्का पर्यटकीय केन्द्र जाजरा दह हो ।
काँक्रेविहार
वीरेन्द्रनगरको मंगलगढीचौकबाट तीन किलोमिटर दक्षिणतर्फ सानो सुर्खेतको छेउमै चारैतिर साल र सल्लाका रुखले घेरीएको ऐतिहासिक पर्यटकीय स्थल काँक्रेबिहार पुगिन्छ, जहाँ पुरातात्विक एवम् ऐतिहासिक महŒवका वस्तुहरू देख्न सकिन्छ ।
पुरातत्व विभागले केही वर्षअघि उत्खलन गरेको भग्नावशेषका साथै निर्माणाधीन मन्दिर पनि देख्न सकिन्छ । मन्दिर निर्माणको काम आधा सम्पन्न भइसकेको छ । यसलाई दोस्रो लुम्बिनीको रूपमा समेत चर्चा गर्ने गरिएको छ । विभिन्न जिल्लाहरूबाट समेत काँक्रेविहार हेर्न आउनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
देउतीबज्यै मन्दिर
वीरेन्द्रनगरमा नै रहेको देउतीबज्यै मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रका साथसाथै पर्यटकीय केन्द्र पनि हो ।
देउतीबज्यैले ‘मनको इच्छा पूरा गरिदिने’ जनविश्वास रही आएको छ । जसले गर्दा मन्दिरमा पूजाका लागि आउने भक्तजनहरूको घुइँचो नै लाग्ने गरेको छ । पछिल्लो समय देउतीबज्यै विकास गुरुयोजना बनाएर व्यवस्थित बनाउन थालिएको छ ।
बुलबले ताल
सुर्खेतको सबैभन्दा प्रख्यात पर्यटकीय स्थल हो, बुलबुले ताल । यो ताललाई लिएर थुप्रै चर्चित गीतहरू पनि बनेका छन्, जुन निकै चर्चामा पनि रहने गरेका छन् ।
‘सुर्खेतमा बुलबुले ताल, लाइयो माया यो चिनो रुमाल’, ‘सुर्खेत बुलबुल ताल, माया मै सानु हुनाले छुट्यो मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन् । बुलबुले हेर्न र घुम्नका साथै पिकनिक खानका लागि पनि उपयुक्त स्थान हो । यसलाई पनि गुरुयोजना अनुसार विकास गर्ने तयारी थालिएको छ ।
घण्टाघर
घण्टाघर सुर्खेतको अर्का पर्यटकीय स्थल हो । घण्टाघर पार्क घुम्नका साथै घण्टाघरमाथि चढेर सुर्खेत उपत्यका निकाल्न सकिन्छ । बजार क्षेत्रनजिकै रहेको घण्टाघरमा विभिन्न जिल्लाहरूबाट पनि पर्यटकहरू घुम्न आउने गरेका छन् । नेपाल सरकारले सन २०२० सम्ममा २० देखि ५० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्यका साथ पर्यटन विकासको योजना बनाएको छ । उक्त लक्ष्य प्राप्ती गर्न नयाँ पर्यटकीय गन्तव्यहरू पहिचानसमेत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवद्र्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न नयाँ गन्तव्यहरू सार्वजनिक गरिएको हो । जसमा सुर्खेतका केही पर्यटकीय स्थलहरू पनि समावेश छन् । भएका पर्यटकीय स्थलहरूको विकासका साथै नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्दै जाने हो भने सुर्खेतमा पर्यटन व्यवसायको विकास हुनसक्ने प्रचूर सम्भावना छ । कर्णाली प्रदेश सरकारले समेत कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा सुर्खेतले यसको अगुवाइ गर्नुपर्ने आवश्यकता रहेको छ ।

प्रकाशित मितिः   ५ पुष २०७५, बिहीबार १७:१४