कोषाध्यक्षबाहेक सबै निर्वाचित

साझा बिसौनी संवाददाता
काठमाडौं, ३ पुस ।
लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमति अनुसार अब कांग्रेसमा नौ जना पदाधिकारी हुनेछन्, उनीहरू मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सह–महामन्त्री २–२ जना राख्न सहमत भएका हुन् ।
यो देउवाले प्रस्ताव गरेको संख्या हो । तर, निर्वाचन पद्धतिमा पौडेलको अडान सदर भएको छ । अब सभापति, उप–सभापति, महामन्त्री र सह–महामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । कोषाध्यक्ष र प्रवक्ता मनोनित हुनेछ ।
शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने जनाइएको छ । विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश गरिएको छ ।

प्रकाशित मितिः   ५ पुष २०७५, बिहीबार १७:०७