कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २ पुस ।
सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आपत्ती प्रकट गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै युनियनले विरोध गरेको हो ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) कर्णाली प्रदेशले सोमवार कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव कलानिधि पौडेललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ‘कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ,’ नेपाल निजामती कर्मचारी युनियन (संघ) कर्णाली प्रदेश अध्यक्ष नृपजंग शाहीले भने, ‘सरकारले एकलौटी आफूखुशी कर्मचारी समायोजन अध्यादेश ल्याएको छ । संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याइनुपर्ने हाम्रो मुख्य माग हो ।’

प्रकाशित मितिः   ३ पुष २०७५, मंगलवार १६:४८