भेरी माविको वार्षिकोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, १ पुस ।
भेरी माध्यमिक विद्यालय बराहताल–२ रानीघाटको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमनीदेवी वलीको सभापतित्व तथा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा, वडा अध्यक्ष युवराज कार्की लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा विद्यालयमा भएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रत्नबहादुर रानालाई सम्मान समेत गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक रत्नबहादुर बुढाले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा ४८ लाख ५७ हजार एक सय ३२ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।