बालबालिकालाई न्यानो कपडा

साझा बिसौनी संवाददाता
सुर्खेत, १ पुस ।
वीरेन्द्रनगरको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयका सुस्त श्रवण ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्व. समीक्षा आचार्यको स्मृति दिवसको अवसरमा उनको परिवारले न्यानो कपडा वितरण गरेका हुन् ।
स्व. आचार्यका बुबा विष्णुप्रसाद आचार्य, आमा चन्द्रकला आचार्य, अंकल मदन आचार्य, अण्टी समिक्षा ज्ञवाली लगायतले कपडा वितरण गरेका थिए । आचार्यका बुबा विष्णुप्रसाद आचार्यले आफ्नो छोरी नभए पनि छोरीको सम्झनामा न्यानो कपडा वितरण गरेको जनाए । न्यानो कपडा सँगै स्व. आचार्यका परिवारले सोही विद्यालयका बालबालिकाको लागि २५ थान तन्नासमेत हस्तान्तरण गरेका थिए ।
सिद्ध सुस्त श्रवण विद्यालयका प्रधानाध्यापक हृदेश केसीले स्व. समीक्षाको चिरशान्तिको कामना गर्दै बालबालिकालाई न्यानो कपडासँगै तन्ना वितरण गरेकोमा आचार्य परिवारलाई धन्यवाद दिएका थिए । २०७३ साल मंसिर २३ गते उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव ¥यालीमा समिक्षाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः   २ पुष २०७५, सोमबार १३:१०