क्लीन सुर्खेत, ग्रीन सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाले गरेको एक अध्ययन अनुसार नगरभित्र दैनिक ३१ टन फोहोर उत्पादन हुने गरेको छ । जसमा ५७ प्रतिशत कुहिने फोहोर उत्पादन हुने गर्दछ । बाँकी ४३ प्रतिशत फोहोर भने नकुहिने फोहोर हो ।
वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोर मध्ये आठ प्रतिशत रबर, १२ प्रतिशत प्लाष्टिक, चार प्रतिशत सीसा, ११ प्रतिशत पेपर, चार प्रतिशत कपडा र चार प्रतिशत अन्य फोहोर उत्पादन हुँदै आएको छ । जसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत फोहोर पसलहरूबाट निस्कने गरेको छ ।
नकुहिने फोहोर बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको हो । अर्कोतर्फ दिन प्रतिदिन जनसंख्याको चाप बढ्दै गइरहेको छ । सहरीकरण बढिरहेको छ । जसले गर्दा फोहोर उत्पादन पनि बढ्दो छ । तर वीरेन्द्रनगर नगरपालिकाले पूर्णरूपमा सरसफाइ व्यवस्थापन गर्न सकिरहेको छैन । यस्तो अवस्थामा निजी क्षेत्रबाट पनि विभिन्न समयमा सरसफाइ अभियानहरू सञ्चालन हुँदै आएका छन् । त्यस्तै अभियानमध्ये एक हो ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ । विंग्स फाउण्डेशनले सञ्चालन गरेको यो अभियानले वीरेन्द्रनगरको सरसफाइमा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई सुन्दर बनाउन विंग्स फाउण्डेशनले सुरु गरेको सरसफाइ अभियानले २० औं हप्ता पूरा गरेको छ । गत साउन अन्तिम सातादेखि फाउण्डेसनले ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको थालनी गरेको थियो । विभिन्न समयमा विभन्न संघ–संस्थाहरूले सरसफाइ अभियान सञ्चाल गर्ने गरे पनि त्यसले निरन्तरता पाउन सकेका थिएनन् । तर ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान भने चार महिनादेखि निरन्तर सञ्चालन भइरहेको छ । उक्त अभियानले वीरेन्द्रनगरको सरसफाइमा महŒवपूर्ण सघाउसमेत पु¥याएको छ ।
अभियान अन्तर्गत हरेक हप्ताको शनिवार वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा सरसफाइ गर्ने गरिएको छ । फोहोरको थुप्रोलाई सफा गरी सुन्दर बगैंचा निर्माणसमेत गर्ने गरिएको छ । यसले एकातर्फ फोहोर व्यवस्थापन भएको छ भने अर्कोतर्फ नगरको सुन्दरता समेत बढाएको छ । सरसफाइ अभियानमा स्थानीयको सहभागिता पनि बढेको छ । विभिन्न संघ–संस्थादेखि विद्यार्थीहरूसम्मले अभियानमा सहभागिता जनाइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन विद्यालयमासमेत क्लीन क्लब गठन गरिएको छ ।
प्रकाशित मितिः १ पुष २०७५, आईतवार १२:५२
साझा बिसौनी संवाददाता ।