सेडा कप सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ मंसिर ।
दोस्रो सेडा फुटसल कप शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) को आयोजनामा भएको प्रतियोगितामा विभिन्न २० वटा विद्यालयका ३३ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का अध्यक्ष नन्दलाल शर्माले बालबालिकाहरूको मानसिक एवम् शारीरिक विकासका निम्ति खेलकुद अपरिहार्य रहेकोले सेडाले आयोजना गरेको कार्यक्रमले बालबालिकाको विकासमा सघाउन पु¥याउने धारणा राखे ।
सेडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश सिंह थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष चन्द्रप्रकाश गिरी, उपाध्यक्ष जनक रावलका साथै एनप्याब्सनका अध्यक्ष शरद भण्डारी लगायतको पनि सहभागिता रहेको थियो ।
शुक्रवार दुई वटा खेल भएको थियो । जस अन्तर्गत सेडा जुनियर र कोपिला भ्याली जुनियरबीच भएको खेलमा कोपिला भ्याली जुनियर टिमले ०–८ को अन्तरले जित हात पारेको छ भने, अर्को खेल सेडा गल्र्स र कोपिला भ्याली गल्र्सबीच १–१ को बराबरीमा टुङ्गिएको विद्यालयका प्रिन्सिपल रूपेश भण्डारीले जानकारी दिए ।