राप्रपाको प्रदेशस्तरीय प्रशिक्षण हुने

सुर्खेत, २५ मंसिर । (साबिस)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन हुने भएको छ । प्रदेश समितिको आयोजनामा बिहीवारदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रम हुने भएको हो ।
पार्टीको नीति तथा सिद्धान्तका बारेमा थप छलफल गर्ने उद्देश्यका साथ उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष धनबहादुर बुढाले जानकारी दिए । प्रशिक्षण दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सुर्खेत आउँदैछन् । सनातन हिन्दु राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्रका लागि पार्टीले आफ्नो तहबाट सधैं संघर्ष गरिरहने प्रदेश अध्यक्ष बुढाको भनाइ छ । पार्टीले एउटा निर्वाचनमा हार व्यहोर्दैमा सबै सकिएको भनेर टिप्पणी गर्नेहरूको कमी नभए पनि पार्टीका सबै कार्यकर्ता तथा नेताहरूलाई धैर्यताका साथ संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

प्रकाशित मितिः   २६ मंसिर २०७५, बुधबार १५:३३