बागीना साँझ हुँदै

सुर्खेत, २५ मंसिर । (साबिस)
बागीना समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित स्थापित बागीनाले बिहीवार बागीना साँझ गर्न लागेको हो ।
बागीना साँझको बारेमा जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष गोविन्द कोइरालाले पछिल्लो समय सुर्खेतमा सांगीतिक गतिविधि कम भएकाले पुनःसांस्कृतिक जागरण ल्याउनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार बिहीवार बेलुकी ५ बजेदेखि साढे २ घण्टासम्म सञ्चालन हुने कार्यक्रममा बागीनाको प्राङ्गणमा कलाकारहरूले प्रस्तुति राख्नेछन् ।
कार्यक्रममा सुर्खेतबाट राष्ट्रियस्तरसम्म परिचित कलाकारहरू गायिका टीका पुन, शिव संगीत, मोडल दीपाशा बिसी, हाँस्यकलाकार सन्ध्या बुढा (काउली बुढी) लगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक नन्दा बस्यालले जानकारी दिइन् । उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित हुने जनाइएको छ ।
कार्यक्रममा यस क्षेत्रका विभिन्न भेषभुषा जातजातिका पहिचान झल्कने मौलीक नृत्य प्रर्दशन गरिने संयोजक बस्यालले बताइन् ।

प्रकाशित मितिः   २६ मंसिर २०७५, बुधबार १५:३३