व्यवसाय सँगसँगै समाजसेवा
वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा वि.सं. २०४२ साल वैशाख ३० गते घरको कान्छो छोराको रूपमा जन्मिएका ज्ञानेन्द्रराज गौतम (समुन्द्र) पेसाले पर्यटन व्यवसायी हुन् । पर्यटन व्यवसाय सँगसँगै समाज सेवालाई समेत अगाडि बढाएका गौतम बुबा ददीराम गौतम र आमा विद्यालक्ष्मी गौतमको कोखबाट जन्मिएका हुन् ।
सानो छँदा उनी वकिल बन्न चाहन्थे । बुबा–आमाको चाहना उनलाई सरकारी सेवामा प्रवेश गराउने थियो । तर उच्च शिक्षा अध्ययन गर्दै–गर्दा उनको लक्ष्य बदलियो । उनी व्यवसायी बने । आफूलाई पर्यटन व्यवसायी र समाजसेवी भन्न रुचाउँछन्, गौतम । पर्यटन व्यवसाय र समाज सेवामा नै जीवन समर्पित गरेको बताउने गौतमले आफ्नो पेसागत जीवनका कथा हाम्रा सहकमर्मी सीता वलीसँग यसरी साटेः
बुबा पेसाले शिक्षक हुनुहुन्छ र आमा गृहिणी । म सानोमा एकदमै लजालू र डराउने स्वभावको थिएँ । मेरो बुबाआमा मलाई सरकारी जागीर खाओस् भन्ने चाहानुहुन्थ्यो । तर मलाई वकिल बन्ने मन थियो । जब म पढाइको शिलशिलामा काठमाण्डौं छिरे, एउटा ‘सोसल वर्क’ सबन्धित तालिम लिने अवसर प्राप्त गरें, वि.सं. २०६६ सालतिर । सामाजिक सेवा अध्ययन केन्द्र काठमाडौंले दिएको त्यो तालिमले मलाई सामाजिक क्षेत्रमा काम गर्न प्रेरणा दियो । त्यसपछि मैले २०६७ सालमा नै अपाङ्ग तथा असहाय बालबालिकाहरूका लागि संस्था (एडीसी) स्थापना गरें । संस्था स्थापनामा मेरो एकल प्रयास थिएन । धेरै अग्रजहरूले मलाई साथ दिनुभएको थियो । हाल म संस्थाको सचिव भएर काम गरिरहेको छु ।
उक्त संस्था स्थापना गर्दा त हामीहरूले बृहत योजना राखेरै गरेका थियौं । तर हाल पक्षघात भएका बालबालिकाहरूका लागि काम गरिरहेका छौं । हामीहरूले किन अपाङ्गगता भएका तथा असाहय बालबालिकाहरूका लागि काम ग¥यौं त भन्दा विशेष गरी अपाङ्गता भएका बालबालिकाहरूमा पनि पक्षघात भएकाहरू माथि कसैको नजर नजाने देखियो । हाम्रो अनुगमनमा उनीहरू धेरै पीडित देखिएकोले यसलाई प्राथमिकतामा राखेका हौं ।
म सामाजिक क्षेत्रमा काम गरिरहँदा पुरानो टुरिष्ट गाइड गणेशबहादुर रावत सरले मलाई पर्यटनमा ल्याउनुभयो । उहाँ हाल एडीसीको अध्यक्ष हुनुहुन्छ । मलाई उहाँले नै पर्यटन क्षेत्रमा ल्याउनुभयो भने, उहाँलाई मैले पनि सामाजिक क्षेत्रमा ल्याएँ । म पर्यटन व्यवसायमा भने २०६८ सालदेखि लागेको हुँ । पर्यटन मेरो रुचीको विषय पनि हो । विशेष गरी मैले सुर्खेतमा पर्यटनको सम्भावना के छ भनेर अुनगमन गरेरै काम थालेको हुँ । त्यसमा ¥याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, रारा टे«क र नाइटक्याम्पमा मैले अनुगमन गर्दा ¥याफ्टिङ्ग र प्याराग्लाईडिङ्गको सम्भावना देखेर सुरुवात गरें ।
सुर्खेतमा ¥याफ्टिङ्गको सम्भावना देखियो र २० लाखको लगानीमा मैले काम अगाडि बढाएँ । भेरी–रानीघाट, भेरी–मेहेलकुना ¥याफ्टिङ्ग सञ्चालन गर्दै गर्दा राम्रै भइरहेको थियो । बीचमा केही साथीहरूले अनुगमननै नगरी प्रतिष्प्रर्धा गर्न खोजें त्योबाट न उनीहरूलाई फाइदा भयो न मलाई ।
प्याराग्लाइडिङ्गका लागि सुर्खेतमा राम्रो स्थानीय ‘पाइलट’ पनि छैनन्, जसले गर्दा यो व्यवसाय फस्टाउन सकेको छैन । सुर्खेतमा पृतना र एयरपोर्ट नभएको भए सुर्खेत भ्याली अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ्ग खेलहरू आयोजना गर्ने विशेष जोन बन्न सक्थ्यो । मैले अहिले बुलबुलेमा बोटिङ्ग सञ्चालन गरिरहेको छु । यसबाट मलाई राम्रै भइरहेको छ ।
पर्यटनका क्षेत्रमा सरकारले केही गरेको छ जस्तो मलाई लाग्दैन । साँच्चिकै कर्णालीलाई पर्यटन हवको रूपमा विकास गर्ने हो भने सरकारले गर्नुपर्ने धेरै कामहरू छन् । कोहोलपुरदेखि मुगुसम्म दुईलेनको बाटो, कर्णालीका नागरिकलाई अथिति सत्कारको तालिम, गाउँगाउँका युवाहरूलाई टूरिस्टगाइड,¥याफ्टिङ्ग गाइड सम्बन्धी तालिम दिनु जरुरी छ । अर्को कुरा गुरुयोजना नबनाएसम्म केही हुनेवाला छैन । कर्णाली राम्रो पर्यटन हब बन्नसक्छ र नेपालकै पहिलो पर्यटकीय सम्भावना कर्णालीले बोकेको छ । मलाई अरु चाहाना त केही छैन । कर्णाली कोशेली घरको निर्माण गरी कर्णाली प्रदेशमा आउने पाउनाहरूलाई कोशेली दिएर पठाउने र कर्णाली पर्यटन सूचना केन्द्रको स्थापना गर्न मन छ । म त्यसको प्रक्रियामा छु ।
मलाई मेरो पेसामा सन्तुष्टी मिलेको छ । पेसाप्रति गर्व गर्छु । मेरो पेसाले मलाई मात्रै होइन राज्य र जनतालाई पनि उत्तिकै फाइदा गरेको छ । मैले गरेको कामले कसैले मनोरञ्जन लिन पाएका छन् भने कसैले जीवनदान पनि पाएका छन् । मैले समाजसेवा र पर्यटन प्रवद्र्धनलाई सँगसँगै मिलाएर लैजाने योजना बनाएको छु ।
साझा बिसौनी संवाददाता ।