‘कर्णालीमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउँछौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ मंसिर ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कर्णालीमा अन्तर्राष्ट्रिय लगानी भिœयाउन संघीय सरकारले सघाउने बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित एक अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले कर्णालीको विकास र समृद्धिका लागि यहाँका ठूला आयोजनामा अन्तर्राष्ट्रिय लगानी भिœयाउन सकिने बताएका हुन् ।
सर्वसम्मत् रूपमा नाम र राजधानी टुंग्याएर कर्णाली नम्बर एक प्रदेश बनेको टिप्पणी गर्दै उनले कर्णाली संघीय सरकारको पनि सबैभन्दा बढी प्राथमिकतामा रहेको बताए । मन्त्री ज्ञवालीले कर्णालीलाई अन्तर्राष्ट्रिय सम्बन्धहरूमा कसरी जोड्न सकिन्छ भनेर आफूले कोशिस गरिरहेको समेत बताए । ‘यहाँको प्राकृतिक सम्पदाहरूको उपयोग वा अन्य आयोजनाका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग जुटाउन परराष्ट्रमन्त्रीको हैसियतले म सधैं कर्णालीको साथमा छु’ उनले भने ।
कर्णालीको समृद्धिलाई अब कसैले रोक्न नसक्ने भन्दै ज्ञवालीले कर्णाली पछाडि थियो भन्ने कुरा अब इतिहास भइसकेको जिकिर गरे । ‘अहिले कर्णालीले कोल्टे फेर्दैछ र भविष्यमा सबैभन्दा अग्रगामी प्रदेश बन्नेछ’ उनले भने । चीनसँग गरिएको यातायात पारवहन सन्धीले कर्णालीलाई पनि लाभ हुने उनले बताए । ‘उक्त प्रोटोकल अन्तर्गत नेपालले चीनसँग जोडिएका आठ वटा नाकाहरूमार्फत् अन्तर्राष्ट्रिय व्यापार गर्न पाउँछ’ उनले भने, ‘त्यसमध्येको एक कर्णालीमा पर्ने हिल्सा नाकालाई हामीले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेका छौं ।’ त्यसैगरी उत्तर–दक्षिण जोड्ने तीन प्रमुख सडकमध्ये हिल्सा–जमुनाह सडकलाई चीनसँगको सहकार्यमा बनाइने उनले बताए । यसले पनि कर्णालीको समृद्धिमा महŒवपूर्ण सघाउ पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:२०