पलाँतामा जल कचहरी

साझा बिसौनी संवाददाता
कालिकोट, १८ मंसिर ।
पलाँता गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मूख पालिका घोषणा गर्न दोस्रो पटक १० बुँदे प्रतिबद्धतासहित जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताका क्षेत्रमा रहेका समस्याहरूको खोजी गरी समाधान गर्ने उद्देश्यले वर्षमा दुई पटक जलकचहरी कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।


जलकचहरीमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत संघ–संस्था र स्थानीयको सहभागितामा जलकचहरी कार्यक्रम भएको हो । पलाँता गाउँपालिकाले २०७४ को चैत्र ४ गते खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार गर्न ७ बुँदे प्रतिबद्धता गरेको थियो ।
खानेपानी तथा सरसफाइ प्रवद्र्धनका सवालमा गाउँपालिकाले कम्तीमा वर्षमा दुई पटक जलकचहरी गर्ने, किर्डाक नेपाल÷वाटरएडको सहयोग एवम् सहजीकरणमा एकीकृत उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना २०७५ भित्र निर्माण गरी कार्यान्वयन गर्ने, खानेपानी तथा सरसफाइको अवस्थामा उल्लेख्य सुधार ल्याउन खानेपानी तथा सरसफाइ क्षेत्रमा पूँजीगत वार्षिक बजेटको न्यूनतम २० प्रतिशत बजेट विनियोजन गरिरहेको सन्दर्भमा दिगो खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनका नीति तथा कार्यक्रम तर्जुमा तथा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ ।
त्यसैगरी उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा टेवा पु¥याउन खानेपानी उपभोक्ता समितिहरूमा सिमान्तकृत, पछाडि पारिएको समुदाय, दलित, महिला (महिला कम्तीमा ३३ प्रतिशत) तथा अपाङ्ग भएका व्यक्तिहरूको अर्थ पूर्ण सहभागिता सुनिश्चित गर्ने, गाउँपालिकाको मुख्य बजार तथा गाउवस्तीमा आवश्यक ढल निकासको लागि पहल गर्ने लगायतका प्रतिबद्धता पनि जलकचहरीमार्फत् सरोकारवालाहरूले गरेका छन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७५, बुधबार ११:१३