यी हुन् कर्णालीका एक सय ७५ सदस्य

साझा बिसौनी संवाददाताAdd New
सुर्खेत, १७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ । नेकपाले यसअघि मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि नामावली सार्वजनिक गरेको थिएन । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेपछि सोमवार नामावली सार्वजनिक गरेका हुन् ।


कर्णालीमा नेकपाको एक सय ७५ सदस्यीय प्रदेश कमिटी बनाइएको छ । जसमा पूर्व एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य समावेश गरिएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा एक जना बढी रहेका छन् । प्रदेश कमिटीका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै टुङ्गो लगाइसकिएको थियो । सोमवार सदस्यहरूको नामावली सार्वजनिक गरिएको छ ।

सुर्खेतः २० जना
प्रदेश कमिटीमा सुर्खेतबाट २० जना सदस्य परेका छन् । जसमा पूर्व एमालेबाट १० जना, माओवादीबाट आठ र अन्य पार्टीबाट प्रवेश गरेका दुई जना छन् । पूर्व एमालेबाट धु्रबकुमार शाही, ताराप्रसाद देवकोटा, नन्दा चपाई (शर्मा), नवराज रावत, कृष्णबहादुर हमाल, चुडामणि शर्मा, अमृतबहादुर बिसी, गगनसिंह सुनार, मोहनमाया ढकाल र राजु गुइँदेल (नेपाली) प्रदेश कमिटीमा समेटिएका छन् । तत्कालीन माओवादीबाट एमालेमा प्रवेश गरेका माधव ढकाल पनि प्रदेश कमिटीमा समेटिएका छन् ।
यस्तै पूर्व माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी, जीतबहादुर राना, ठम्मरबहादुर विष्ट, दानसिंह सुनार, धनबहादुर विक, लोकेन्द्र राना, सीता नेपाली र हरिमाया शर्मा रहेका छन् । यसका साथै नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका कमल शाहीलाई पनि प्रदेश कमिटी सदस्यमा राखिएको छ ।

दैलेखः १८ जना
दैलेखबाट प्रदेश कमिटीमा अठार जना पर्दा पूर्व माओवादीबाट ललिता बिसी, गंगाबहादुर घर्ती र कर्णबहादुर बस्नेत छन् भने पूर्व एमालेबाट १५ जना परेका छन । जसमा पार्वती विसुंखे, सूर्यबहादुर शाही, योगेन्द्र शाही, विनोदकुमार शाह, टोपबहादुर जिसी, लक्ष्मी शाह, बरुनाथ योगी, गोपाल नेपाली, मिना रखाल, सूर्यकुमारी श्रेष्ठ, मायाराम अधिकारी, अमरबहादुर थापा, सावित्री मल्ल, टेकबहादुर खाँड र रविन्द्रराज शर्मा छन् ।

रुकुम पश्चिमः २७ जना
पूर्व एमालेबाट पाँच जना र पूर्व माओवादीबाट २२ गरी रुकुम पश्चिमबाट २७ जना प्रदेश कमिटीमा परेका छन् । पूर्व एमालेबाट विमलकुमार पुन, देवी ओली, ठगेन्द्रप्रकाश पुरी, तीर्था गौतम र ऋखीप्रसाद जैसी छन् ।
पूर्व माओवादीबाट इन्दिरा जीएम, लक्ष्मी पुन, चन्द्रबहादुर विक, केदार विष्ट, गोपाल शर्मा, गोरख केसी, गणेश केसी, गोपेश्वर दाहाल, झक्कुबहादुर घर्ती, चन्द्रबहादुर शाही, धर्मबहादुर केसी, धनवीर ओली, नरबहादुर पुन, पुष्प वादी, विमला केसी, विशाल शर्मा, वुद्धिप्रसाद शर्मा, भूपालसिंह वली, महेन्द्र केसी, राधा रोकाय, रातो कामी र लक्ष्मी शर्मा रहेका छन् ।

जाजरकोटः २७ जना
जाजरकोटबाट पूर्व एमालेका नौ जना पर्दा पूर्व माओवादीबाट १८ जना परेका छन् । एमालेबाट करवीर शाही, लालबहादुर महतारा, कौशिलावती खत्री, रत्नप्रसाद शर्मा, डम्बरबहादुर सिंह, कृष्णबहादुर बिसी, धर्मबहादुर शाही, रिता रावल र चन्द्रप्रकाश घर्ती छन् ।
माओवादीबाट अमरसिंह राठोर, इन्द्रप्रसाद शर्मा, इमाश्वर देवकोटा, कृष्णराज विक, कृष्णा शाह, कृष्णबहादुर केसी, गगन खड्का, गणेशप्रसाद सिंह, टेकबहादुर रावल, डम्मर रावत, ढकवीर राना, पार्वती थापा, पार्वती विक, पूर्णदेव शर्मा, वीरबहादुर रावत, युवराज आचार्य, यज्ञबहादुर खत्री र हरिभक्त नेपाली रहेका छन् ।

सल्यानः १७ जना
माओवादीबाट १०, एमालेबाट ६ र नयाँ शक्तिबाट प्रवेश गरेका एक गरी १७ जनाले नेकपाको कर्णाली प्रदेश कमिटीमा प्रतिनिधित्व गर्नेछन् । पूर्व माओवादीबाट प्रदेश कमिटीमा पर्नेहरूमा सुम्निमा डिसी, भिमप्रकाश शर्मा, निमबहादुर केसी, नेपबहादुर कुँवर, दिलमाया बुढा, तिलक मल्ल, टिकाराम वली, ज्ञानबहादुर वली, कृतिबहादुर पुन र कर्णबहादुर बुढाथोकी छन् भने एमालेबाट भिमबहादुर सेन, लोकबहादुर डाँगी, भद्रसिंह बुढा, गोविन्द पुन, उदयबहादुर बोहोरा र हरि केसी छन् । नयाँ शक्ति नेपालबाट नेकपामा प्रवेश गरेका सल्यानका धिरेन्द्र श्रेष्ठलाई पनि प्रदेश कमिटीमा राखिएको छ ।

डोल्पाः ८ जना
एमालेबाट पाँच जनाः दत्तबहादुर रोकाय, बदमी क्वाँरी बोहोरा, जादे ऐडी, नन्दसिंह बुढा, धनबहादुर बुढा, माओवादीबाट तीन जनाः काली चलाउने, मालबहादुर रोकाय, रामलाल विक ।

हुम्लाः १४ जना
माओवादीबाट ६ जनाः जुन्किक लामा, लालकेश जैसी, रणसिंह परियार, दिपेन्द्र रोकाय, छिमी दोर्जे लामा, छक्कबहादुर लामा ।
एमालेबाट ८ जनाः हस्तबहादुर शाही, शिवराज शर्मा, सुरेन्द्रबहादुर कार्की, दल फडेरा, मेहेलबहादुर पार्की, सौमती ऐडी, लोकबहादुर हमाल, दल रावल ।

मुगुः ९ जना
एमालेबाट ६ जनाः धर्मबहादुर शाही, गोपालबहादुर वम, राधिका भाम मल्ल, छेजुङ लामा, उब्जन शाही, दानसिंह परियार ।
माओवादीबाट ३ जनाः नवराज धामी, मंगल शाही, सुकवीर बुढा ।

कालिकोटः १८ जना
माओवादीबाट ९ जनाः लक्ष्मीप्रसाद चौलागाईं, यशोदा न्यौपाने, विष्णु विक, धनजीत शाही, देवजंग शाही, दुर्गबहादुर रावत, जीवन बुढा, जनकनाथ योगी, गंगा खड्का (बोगटी) ।
एमालेबाट ९ जनाः नरपति लुहार, मीनबहादुर शाही, तुलराज सिंखडा, भरत धिताल, वीरेन्द्र बोगटी, विजया विष्ट, कुर्मराज शाही, तुलाराज विष्ट, नगिन्द्र शाही ।

जुम्लाः १६ जना
एमालेबाट ११ जनाः तीर्थबहादुर बुढा, धिरेन्द्रराज गिरी, चुक्की शाही, बलबहादुर महत, टेकराज पछाइँ, शान्तिलाल महत, गोरख पछाइँ, पदमबहादुर रोकाय, कुशेन्द्रबहादुर महत, देवीलाल थापा, मेनका पछाइँ ।
माओवादीबाट ५ जनाः गोमा कुँवर, नवराज न्यौपाने, पूर्ण धिताल, वीरबहादुर कुँवर, लक्ष्मीकन्या बुढा ।

प्रकाशित मितिः   १८ मंसिर २०७५, मंगलवार ११:०४