कर्णालीलाई ६ स्वर्ण

सुर्खेत, १५ मंसिर । (साबिस)
भारतको देहरादुनमा सम्पन्न छैठौँ अन्तर्राष्ट्रिय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले ६ वटा स्वर्णपदक प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा पहिलो पटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले पदक जितेका हुन् । स्वर्ण पदक जित्ने खेलाडीहरूमा शशीराम विक, बरुण शाह, प्रणव शाह, रोशन खड्गी, आसुँतोष मल्ल, सुशील वली रहेका छन् भने दिलिप वलीले सिल्भर मेडलसहित दोस्रो स्थान हात पारेका छन् ।
प्रतियोगितामा कर्णाली प्रदेशका तर्पmबाट १० जनाले सहभागिता जनाएको टिम कोच नन्दा बस्यालले जानकारी दिइन् । पुम्से खेल्नका लागि उमेर अनुसार र तौल अनुसार खेलाडीले प्रतियोगितामा भाग लिएको कोच बस्यालकोे भनाइ छ । खेल क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै खेललाई कर्णालीले प्राथमिकतामा राख्ने हो भने यसैले प्रदेशलाई चिनाउन सक्ने कोच बस्यालले बताइन् ।

प्रकाशित मितिः   १६ मंसिर २०७५, आईतवार ११:४७