विपन्नलाई बाख्रा वितरण

पञ्चपुरी, १५ मंसिर । (साबिस)
पञ्चपुरी नगरपालिका–६ को वादी समुदायमा बाख्रा वितरण गरिएको छ । विपन्न परिवारको आर्थिक स्तर वृद्धि गर्न पाँच वटा बाख्रा वितरण गरिएको हो । पञ्चपुरी नगरपालिका ६ नम्बर वडा कार्यालयले बाख्रा वितरण गरेको हो । वडा अध्यक्ष खड्गबहादुर थापाले प्रत्येक घरलाई ६ हजार बराबरको ५ वटा बाख्रा वितरण गरिएको बताए । दलितभित्रको पनि पिछडिएको वादी समुदायको लागि आयआर्जनसँगै पेशा संरक्षण सम्बन्धी तालिम, शिक्षा र स्वास्थ्य सम्बन्धी कार्यक्रम
बजेट विनियोजन गर्न डिलसरा वादीले आग्रह गरिन् । ‘खानलाई त ज्याला मजदुरी गरेर धौं–धौं पु¥याउँछौं’ उनले भनिन्, ‘स्कुलमा कसरी पढाउने चिन्ता छ ।’ उनले जंगल रोक्का भएपछि काठ नपाउँदा पेसा नै धरापमा परेको झिल्के बादीले बताए । पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्गबहादुर थापाले पहिलो चरणमा थोरै भए पनि माग पूरा गर्न वडापालिका सफल भएको बताए ।

प्रकाशित मितिः   १६ मंसिर २०७५, आईतवार ११:४६