उपकारको अध्यक्षमा जिसी

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ मंसिर ।
उपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुविक्रम जिसी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न संस्थाको १२औं वार्षिक साधारण सभाबाट जिसीको अध्यक्षतामा सर्वसम्मत् रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शशीप्रसाद आचार्य, सचिवमा यज्ञप्रसाद आचार्य, कोषाध्यक्षमा हरिजंग शाह तथा सदस्यहरूमा त्रिभुवन बि.सी., रत्ना आचार्य, मोती शाही, भिमा थापा, महेन्द्रप्रसाद शर्मा चयन भएका छन् । लेखा समितिको संयोजकमा मोहनराज भट्ट, सदस्यमा चक्र गौतम, शिक्षा उप–समितिको संयोजकमा पदमबहादुर दर्लामी र सदस्यमा जसवीर रोका चयन भएका छन् ।
साधारण सभामा संस्थाका सचिव यज्ञप्रसाद आचार्यले प्रगति प्रतिवेदन पेश गरेका थिए । यस्तै कोषाध्यक्ष हरिजंग शाहले आर्थिक वर्ष २०७४÷०७५ सालको सात करोड ३७ लाख ७६ हजार दुई सय ७३ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७५÷२०७६ का लागि ९ करोड ४१ लाख १३ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका वृद्ध शेयर सदस्य, सबै भन्दा बढी शेयर खरिद गर्ने शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, बाल बचतकर्ता तथा संस्थामा कार्यरत कर्मचारी युवराज रजालीलाई सम्मान–पत्रसहित सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य पदम दाहालको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघका सचिव रविन्द्र शाह, राष्ट्रिय सहकारी बैंक शाखा सुर्खेतका प्रबन्धक सागरनाथ योगी, सुन्दर नेपाल संस्था अन्तर्गत हेफर परियोजनाका कार्यक्रम संयोजक पदमबहादुर दर्लामी, शिवविहार बचत तथा ऋण सहकारी संस्थाका सदस्य बालकृष्ण श्रेष्ठ, साना किसान कृषि सहकारी संस्था लाटीकोइलीका अध्यक्ष नरेन्द्रनाथ योगी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ मंसिर २०७५, आईतवार ११:४६