अध्यक्षमा केसी

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ मंसिर ।
गैरसरकारी संस्था महासंघ जिल्ला शाखा सुर्खेतको अध्यक्षमा घनश्याम केसी चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न
२३औं साधारण सभा तथा नवौं अधिवेशनबाट केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा शान्ता भुषाल, सचिवमा मनबहादुर विक, कोषाध्यक्षमा रमा विश्वकर्मा, सह–सचिव प्रेम रिजाल रहेका छन् । त्यस्तै सदस्यहरुमा विन्दुलाल रेग्मी, मयाप्रसाद जैसी, चक्रबहादुर घर्ती, अमृता गिरी, दीपा खनाल, अशोक राजी र झक्कप्रसाद पोखरेल रहेका छन् ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य डिल्लुप्रसाद घिमिरे, प्रदेश अध्यक्ष खिमबहादुर शाही, प्रदेश सचिव हरिप्रसाद अधिकारी, सल्यानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ९ मंसिर २०७५, आईतवार १४:५१