वीरेन्द्रनगरको साधारणसभा सम्पन्न
साझा बिसौनी संवाददाता
पञ्चपुरी, ८ मंसिर ।
वीरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्थाको १७औ वार्षिक साधारणसभा शनिवार बावियाचौरमा सम्पन्न भएको छ । एक हजार तीन सय ७७ जना शेयर सदस्य रहेको सहकारीले एक करोड भन्दा बढीको कारोबार सञ्चालन समेत गरेको छ ।
शाखा विस्तार भएको एक वर्ष नपुग्दै सहकारीले एक सय ५२ समूह समेत बनाएको छ । पश्चिम सुर्खेतको बावियाचौरमा संकलन केन्द्र विस्तार गरेको संस्थाले तातापानी, गुटु, विद्यापुर, सालकोट लगायतका क्षेत्रमा कारोबार सञ्चालन गरेको छ । केही समयमै सम्पूर्ण वडाहरूमा समेत बचत समूह बनाउँदै जाने सहकारीका अध्यक्ष बमबहादुर बिसीले बताए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरे । साथै शेयर सदस्यले संस्थाको उद्देश्य अनुसार काम गरेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताए । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष बमबहादुरले बिसीले गरेका थिए ।
संस्थाले प्रत्येक सेवाकेन्द्रमा छुट्टाछुट्टै कार्यक्रम गरी आफ्नो साधारणसभा सम्पन्न गर्न लागेको हो । मेहेलकुना, छिन्चु र वीरेन्द्रनगर सेवा केन्द्रमा कार्यक्रम सम्पन्न गरीसकेपछि निर्णय प्रमाणितका लागि अन्तिम भेला गर्ने जनाइएको छ ।
साझा बिसौनी ।