अर्बुद रोग निवारण संस्थाको साधारणसभा
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ मंसिर ।
नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका सभापति तेजकुमारी चपाईं (जिसी)को सभापतित्व तथा वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न शनिवार वीरेन्द्रनगरमा सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा तीन लाख ९७ हजार बराबरको कारोबार गरेको कोषाध्यक्ष गोरख रावतले जानकारी दिए । साधारणसभामा संस्थाका केन्द्रीय सदस्य नारायणकुमार कोइराला, एकल महिला समाजका शितलसिंह राठौर, महिला सुर्खेतका अध्यक्ष कल्पना कार्की, नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखा
वडा नं. ५ र ६ का सभापति कमल नेपाल लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सुर्खेत शाखाका संस्थापक सभापति नारायणकुमार कोइराला र निवर्तमान सभापति कर्णबहादुर थापालाई सम्मानित समेत गरिएको छ ।
साझा बिसौनी ।