पाइनियरको साधारणसभा

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ मंसिर ।
पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भिमबहादुर भण्डारीको सभापतित्व तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
साधारणसभामा दिइएको जानकारी अनुसार संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ९८ करोड ९६ लाख ५३ हजार रूपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । १६ करोड ५७ लाख ९६ हजार ऋण लगानी गरिएको, १२ करोड १९ लाख ५३ हजार रुपैयाँ ऋण असुली भएको जनाइएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ का लागि २४ करोड ९६ लाख बराबरको बजेट प्रस्ताव गरिएको छ ।
सभामा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का प्रतिनिधि शिवप्रसाद पौडेल, जिल्ला सहकारी संघका कृष्णप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ९ मंसिर २०७५, आईतवार १४:४८