पेसागत महासंघमा डाँगी

kesar dangiबिसौनी संवाददाता
सुर्खेत, २९ जेठ ।
पेसागत महासंघ नेपाल समन्वय समिति सुर्खेतको अध्यक्षमा केशरबहादुर डाँगी निर्वाचित भएका
छन् । महासंघको शनिवार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत्का लागि सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा डाँगीले ६१ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी प्रयागराज शर्माले नौ मत मात्र प्राप्त गरेका थिए । कार्यसमितिका अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत् चयन भएका छन् । उपाध्यक्षमा रत्नलाल शर्मा, सचिवमा रीता पौडेल, सह–सचिवमा पञ्चकला रावत र कोषाध्यक्षमा चिरञ्जीवी गिरी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा लक्ष्मीप्रसाद बास्तोला, पार्वती शर्मा, टेकराज कोइराला, यज्ञबहादुर रेग्मी, डम्बर खत्री, प्रदिपराज शर्मा, गौरी राना र सन्तशरण सुनुवार रहेका छन् ।