सम्झनामा भुपेन्द्र बस्नेत
कृष्णबहादुर बस्नेत
मानिस प्रकृतिको काखमा आफ्नै स्वभाव, नैतिकतामा त्यस समयदेखि प्रारम्भ गर्दछ, जब उसले आमाको गर्भवासदेखि मातृभूमिमा प्रथम पलमा प्रवेश गर्दछ । यही पृथ्वीमा प्रवेशको पला, घडी, नक्ष, वार, तिथि, मिति नै साइत हो भन्नेमा दुई मत नहोला । किनभने मान्छेले भूमिमा प्रवेश गर्नेवित्तिकै च्याँ गरेर रुने समयदेखि निरन्तर कर्म र परीश्रम गर्दछ । भूमिमा प्रवेश गर्ने समयमै जन्म कुण्डलीमा धन, विद्या, नारी, सन्तति, छोराछोरी आदि प्राप्त गरी सकेको हुन्छ भन्ने विश्वास जीवनको अन्तमा सबैमा याद निश्चय नै आउँछ । यही नै हो भोग, भाग्य । भाग्यमा जे लेखेको छ, त्यो नै भोग गरेर अन्तमा राम भनेर जानु सिवाय लानु त केही छैन । आउँदा र जाँदा खाली हात ।
पंतिकार भाइ कृष्ण बस्नेत पुनः एक पटक स्वर्णीय दाजु शिक्षाप्रेमी भुपेन्द्र बस्नेतप्रति श्रद्धाञ्जली प्रकट गर्दैे कलम अगाडि बढाउँछ । अब पंतिकार उहाँसँगको स्वभाव र नैतिकताबारे एवम् संगत गर्दा प्राप्त गरेका शिक्षा, अर्ति, उपदेश तथा ऐतिहासिक ज्ञानतर्फ जान्छ । हाम्रो पूर्खामा ऐतिहासिक र धार्मिक वातावरण यी हेर्दा, पूर्वजहरूका लेख रचनाबाट प्राप्त एक प्रकारका (नजिर दस्तावेज) भन्न सकिन्छ ।
बस्नेत शब्द आजभोली हामीले थर लेख्दा प्रयोग गर्दछौं । हाम्रा पूर्वदस्तावेजमा, बस्न्यातहरू तीन प्रकारका हुन् । खुलाल, खप्तडी र श्रीपाली बस्न्यात क्रमशः गोत्र कौशिक, धनन्जय र भारद्धाज हो । धेरै समयपछि हामीहरू आफ्नो नामको पछाडी ‘बहादुर’ शब्द राख्ने गर्दछों भने, आजभोलि राजुकुमार आदि आदि प्रयोग गरेको पाइन्छ । पूर्वजहरूको नाममा ‘सिंह’ भन्ने शब्द प्रचलित मात्र नभइ अनिवार्य जस्तै थियो । गोरखा, बाग्लुङ हुँदै देशको विभिन्न स्थानमा र विदेशमा नागरिकता प्राप्त गरी बसोबास गरेका हामी बस्नेतहरू ‘श्रीपाली बस्नेत र भारद्वाज गोत्र’ स्वार्गीय जिजु हजुरबुबा मोतिमान सिंह बस्नेतबाट गोरखा, बाग्लुङ, दैलेखको र सुर्खेत प्रमाणपत्र नै हो यसमा सन्देश नै छैन ।
स्व. दाजुले पटक–पटकको बसाइँमा र २०१८ सालमा शिक्षण तालिमको शिक्षा प्राप्तीका निमित्तार्थ दैलेखमा बस्दा काइला बुबा टिकाराम बस्नेत, मेरो बुबा प्रेमबहादुर बस्नेत, कान्छा बुबा स्व. डिलबहादुर बस्नेत लगायतका साझमा पनि यो प्रश्न राखी उल्लेख्यीय उत्तरको टिपोट गर्नु भएको थियो । यो अनुच्छेदले उहाँमा ऐतिहासिक तमाम प्रश्नहरू र प्रश्न उत्तरको ज्ञान पनि थियो । उहाँ(स्वर्गीय दाजु) शिक्षाका बारेमा जहाँ पनि प्रबुद्ध ज्ञानी ध्यानी, ऋषिमुनी पण्डित मान्यजन सबैसँग प्रश्न गर्ने र पछि हामी दुई भाइका बीचमा भलाकुसाली (संवाद) गर्दा पनि गर्नुहुन्थयो । र भन्नु हुन्थ्यो ‘शिक्षा प्राप्त गर्ने अनुकुल परेन’ । जहाँ प्रश्न गर्नु हुन्थ्यो शान्तसँग सुन्ने स्वाभाव थियो उहाँको । शिक्षाद्वारा नै ज्ञान प्राप्ती हुन्छ । ज्ञान प्राप्त ज्ञानीहरू हिंसा, चोरी, व्यभिचार, जुवातास र जाँडरक्सीको लतमा लाग्दैनन् भनेर एक किसिमको दर्शनका कुरापनि उहाँले गर्नु हुन्थ्यो ।
उहाँले पटक–पटक चण्डी, दुर्गवाच र वेदका प्रश्न गर्नु हुन्थ्यो, नेपाली अध्यापन गर्दा हाम्रो देशको शैक्षिक सम्बन्धमा केही शब्दहरू पोख्नु पनि श्रेय ठान्दछु । हामी नेपालीहरूले उच्च शिक्षा प्राप्त समयमा गर्न सकेनौं भन्ने पश्चाताप सबैमा छ । यो कमजोरी अभिभावक तथा त्यस समयमा विद्यार्थी युवाको होइन । यो सम्पूर्ण दोष त्यस समयको सरकारको हो । किनकि सरकारले जनताको लागि शिक्षा, सुरक्षा शान्ति, गास, बास, कपास, धर्म, संस्कारको जिम्मा लिएको हुन्छ र लिनु पर्दछ । सबै नेपालीको अभिभावक सरकार हुन्छ । राणा कालको १०४ वर्षको समयमा श्री तीन देवशमसेरको पालामा शिक्षाको सुधार हुने देखेर चन्द्र शमशेरले सत्ता लिए । दरबार हाइ स्कुलमा पढाइ हुने समयमा नेपालको जनसंख्या लगभग ८० लाख थियो सो समयदेखि विज्ञान, गणित, अंग्रेजीको गुणात्मक शिक्षा प्राप्त भएको भए अनिमात्र देशमा विकास हुन्थ्यो । बिर्सिनै नसकिने काम अभिभावक हुँ । जिम्मा लिएको छु भन्ने सरकारबाट भइरहेको थियो र हालका सरकारमा संकेत अझै छ । शिक्षाको प्रारम्भ गरी आफै पाठ्यक्रम तयार गरी पढाउने र विद्यालय खोलेका नेपालका शिक्षा तारा जयपृथ्वीबहादुर सिंह बझाङ आएर विद्यालय खोल्नुप¥यो । किनकी उहाँले खोलेका विद्यालय सरकारले नै बन्द गरी दियो ।
दैलेख, सुर्खेत, डोटी केही पश्चिमका जिल्लाहरूमा वि.सं. १९७४ देखि भाषा पाठशाला खोलिएको थियो । आज भन्दा १०१ वर्ष अगाडि दैलेखमा पं. श्री ऋषिराम उपाध्याय बास्कोटा ज्यू बाट शिक्षा प्रदान, प्रचार प्रसार भएको थियो । त्यो समयमा १७ दिनमा पैदलयात्रा गरी नेपाल (काठमाडौं) पुगेको थिएँ भनि मेरो बुबा स्व. प्रेमबहादुर बस्नेतले भनेको स्मरण हुन्छ मलाई । प्रातस्मरणीय गुरु पं. श्री ऋषिराम उपाध्यायज्यूमा जलपुष्प सहित श्रद्धाञ्जली अर्पण मेरो पनि ।
कहीं कतै लेखक, रचइताले कक्षा अनुसार शब्द र वाक्य समावेश नगरी उपल्लो स्तरको राखिएको भए यो शब्दबारे विज्ञव्यक्ति सँग छलफल गर्नुहुन्थ्यो र पाठ्यक्रममा राखेको शब्द वाक्य कक्षा अनुसार छैन पनि भन्नु हुन्थ्यो । यो कुशल शिक्षकको शिक्षण अनुभव हो । वि.सं. २०१८ सालदेखि २०७४ भदौ सम्म पटक–पटक क्षणिक वा लामो सामाजिक शैक्षिक र वातावरण वंशानुक्रममा गुणका नै कुरा धेरै सुन्ने सुनाउने मैले पाएको थिएँ । अर्को विशेष गुण उहाँसँग घमण्ड र छिट्टै रिसाउने वानी प्रवृत्ति थिएन । यसैले स्व. दाजु मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो । मलाइ उहाँले २०१८ सालमा कान्छा भाइ पढ्नु पर्छ है । खुब मेहेनत गरेर पढ्नु पर्छ’ भन्ने शब्द दाजुसँग जाँदाजाँदै भन्नेछु । हामी सबैले जान्नु नै छ ! यसैले पंक्तिकारले प्रकाशित पंक्तिहरूमा पनि यी शब्द राखेको थिएँ ‘नरुनु भाउजु, नरुनु छोराबुहारी’ भनेर धर्मशास्त्रमा पनि, छोरा भाइलाई पनि एउटै पंतिमा राखेर पनि । छोराहरूमा जति चिन्ता छ त्यो मलाई पनि छ । हामी सबै दाजु–भाइ । कान्छी भाउजुमा नहुने कुरै भएन, तथापि आफ्नो मनलाई अझै त बुझाउनु नै छ ।
कवि भिमनिधि तिवारीले एउटा कविता लेख्नु भएको छ । ‘दागबत्ती’ सात वर्षको पुन मातृ वियोगमा पर्दा मध्य रातमा ब्युझिएर कपाल काट्न लगाइ सेतो कपडा धोती पहिरिएर शमशानमा लगेर दागबत्ती दिन लगाउदा भनेका थिए,
म सात वर्षको थिएँ, अबोध बालकै थिएँ
कुनै कुरा थिएन थाहा, मस्तनिदमै थिएँ
मलाई घच्घच्याउँदै उठाउँदै ल हिँड भने,
अघोर मध्य रातमा रुँदै गएँ
म को थिएँ, कहाँ थिएँ कठै ! अचेत झैं थिएँ
तथापी दागदीप त्यो स्वयम् दिनै प¥यो दिएँ ।
यो धर्तीमा आएका जति सबै गएकै छन्
को नै रहेर भाग र भोग जन्मदा
समयको भाग जति थियो त्यत्ति समय भोगेर जानुपर्छ नै
हा ! राम ! हा ! राम !
माया, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्दै्र बिन्ति गरुन् झुकेर पदमा त्यो विन्ति मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
राजा रंक सबै समान उसका वैषम्य जान्दैन त्यो ।
स्व. दाजुको वि.सं. २०७५÷०७÷४ गतेको वार्षिक पूण्यतिथिको खबरले दिनैभर पुनः चिन्ताले (सम्झनाले) कता कता पोल्यो । बजारको सानो झुपडीमा सुतेको समयमा एक्लै थिएँ । अनि भावुक हुँदै यो जिवनीको टिपोट कोरें ।
मैले केही समय अगाडि श्री १००८ परम हर्ष स्वामी खप्तड बाबासँग प्रश्न गरेको थिएँ, ‘आत्मिक र भौतिक वाद’ सन्दर्भमा । उहाँले आद्यात्मिक चिन्तन (धर्मप्रतिको) चेष्टा कर्तव्य बिर्सेमा हामी पुनः युगौं युगौं अँध्यारो र श्रापमा पर्छौं । यसैले भनेको पनि छ शास्त्रमा पितृ देवोभव, मातृदेवो भव गुरुदेवो भवः अतिथि देवो भव ः । पुन पंतिकार एवम् दाजु चन्द्रबहादुर बस्नेत लगायत सम्पूर्ण बस्नेत परिवार स्वर्गीय दाजु भुपेन्द्र बस्नेतको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्दै शन्तप्त परिवार सबैमा धैर्य धारण गर्ने शक्ति ईश्वरबाट प्राप्त होस् । दुःखको समयमा साथ दिनुहुने सम्पूर्ण जनमा धन्यवाद प्रकट गर्दछौं ।
साझा बिसौनी ।