कृषि–पर्यटन विकासमा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, १ मंसिर ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीका माध्यमबाट कृषि पर्यटनको विकास गर्नुपर्ने बताएकी छन् । हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी संस्था वीरेन्द्रनगर–९ सुर्खेतको पाँचौ साधारणसभामा बोल्दै मन्त्री केसीले सहकारीका माध्यमबाट कृषि पर्यटनको विकास गर्नुपर्ने बताएकी हुन् ।
मन्त्री केसीले कृषि पर्यटनको विकास गरी कर्णालीका नागरिकहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहकारी संस्थाको भूमिका महŒवपूर्ण हुने बताइन् । कृषि पर्यटनको विकास गर्न कर्णाली प्रदेश सरकारले कृषि र सहकारीको क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको केसीको भनाइ छ । अहिले सहकारीलाई काम गर्न समस्या भएको भन्दै मन्त्री केसीले काम गर्न सहजताका लागि सहकारी विधेयक कर्णाली प्रदेशसभामा छलफल भइरहेको जानकारी दिइन् ।
सहकारी विधेयक नबन्दा कर्णालीका सहकारीहरूको कार्यक्षेत्र विस्तारमा जटिलता भएको मन्त्री केसीले बताइन् । सहकारी विधेयक पारित गरेर सहकारीका थप कामहरू अगाडि बढाइने मन्त्री केसीको भनाइ छ । कर्णाली प्रदेशमा रहेका सहकारीको काम कारबाही प्रभावकारी बनाउन तत्कालै प्रदेश रजिस्ट्रारको कार्यालय स्थापना गर्न सरकार लागिपरेको उनले जानकारी दिइन् ।

प्रकाशित मितिः   २ मंसिर २०७५, आईतवार १६:११