नेपालको समृद्धिमा देवकोटाको योगदान

डा.दिपक गौतम

वि.सं. १९९६ साल कार्तिक २७ गते काठमाडौंमा जन्मिएर वि.सं. २०१६ साल भाद्र २९ गतेका दिन हामीबाट सदाका लागि विदा भएका लक्ष्मीप्रसाद देवकोटाले समृद्धिको मानसिक आधार निर्माणमा उल्लेख्य योगदान गरेका छन् । गत हप्ताभर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म देवकोटाका बारेमा लेखिए । हप्ताभर देवकोटा जताततै छाए । स्थानीय, क्षेत्रीय तथा राष्टियस्तरका कार्यक्रमहरूमा देवकोटा केन्द्रीय नायकका रूपमा उभ्याइए ।
पहिले देवकोटा महाकवी हुन् अनि निबन्धकार र साहित्यकार । देवकोटाका गीतले सुर, ताल र लय प्रशस्तै पाएका छन् । देवकोटाले नेपाली शिक्षा, संस्कृति र सामाजिक आन्दोलनमा तथा राजनीतिक चेतना निर्माणमा नबिर्सने गुण लगाएका छन् ।
समृद्धि सुखको पर्याय हो । देवकोटाले नेपालीलाई साहित्यमार्फत् श्रम, पैसा, समाज, राजनीती, प्रेमका सकारात्मक अर्थहरू लगाएका छन् । धनभन्दा मन ठूलो हो भन्ने देवकोटाको मूल साहित्यक सार मुनामदनमार्फत् अभिव्यक्त गरी कालोधनको विरोध गरेर भौतिक गरिबीको विपक्षमा उभिएका छन् । धन नै सम्पूर्ण होइन त्यो भन्दा मानवता सम्पूर्ण हो भन्ने शिक्षाले नेपाली समाजलाई उज्यालो छरेको छ । देवकोटाले पैसाकै पछाडि नदौडिन सचेत गराएका छन् । मानवता, प्रकृतिप्रेम, समाजसेवा, परोपकार शिक्षा, संघ संघर्षशीललाई देवकोटाले साहित्यमार्फत् पस्किएर समृद्ध नेपाल निर्माणमा राजनीतिज्ञभन्दा कम योगदान दिएका छैनन् ।
देवकोटाले लगभग १३ वटा महाकाव्यमा कलम चलाए । नेपाली, अंग्रेजी र संस्कृत भाषामा मनका कुरा अनुवाद गरे पनि शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहान, वनकुसुम र प्रमिथस जस्ता ६ वटा पूर्ण महाकाव्य हामीलाई दिए । यतिका ठूलो संख्यामा महाकाव्य लेखन प्रयास र पर्यत्नमा ६ वटाका सफलता संसारमा दुर्लभ लेखन हो । देवकोटाले एक दर्जनभन्दा बढी महाकाव्य लेख्नसकिन्छ भनी प्रत्यक्ष प्रभाव पारेर नेपाली महाकाव्य परम्परालाई सघन बनाए । यद्यपि शकुन्तलाबाट नेपाली महाकाव्यले सफल लेखन रूप पायो भने प्रमिथसलाई छाडेर देवकोटाको महाकाव्य सिर्जनधार कमजोर देखिएको छ । स्वच्छन्दतावादी कार्यका कारण देवकाटा क्रमशः शिथिलताको बाटो लागे पनि प्रमिथस महाकाव्य गद्य भइकन पनि विचारपूर्ण बनेको छ । प्रमिथस नेपाली समयको नायक कृति हो । वर्णकान्त्रिक छन्दको अभ्यासमा प्राप्त सफलता देवकोटाको कशुलता हो भने वनकुसुममा नेपाली लोकछन्दको सफल प्रयोग छ । यसरी देवकोटाले नेपाली लोकभाषालाई महाकाव्यजस्तो साहित्यमा सफल प्रयोग गरेका छन् जुन समृद्धिको सोपान हो । नेपाली ग्रामीण, दिनहीन, कमजोर जनताको भाषालाई उच्चस्थान दिन प्रतिकारात्मक रूपमा सकारात्मक र उच्च योगदान हो । महाकाव्यमा विषय विविधता, वैचारिक विभिन्नता तथा लयात्मक विस्तारताका जगबाट देवकोटाले नेपाली साहित्यमार्फत् नेपाली समृद्धिलाई महŒवपूर्ण, आवश्यक तथा आधारभूत काँधकुम दिएका छन् । त्यो देवकोटाको उचाइतुल्य नेपाली नागरिक बन्न सकेको छैन ।
पचास वर्षको वय नपुग्दै हामीबाट अलविदा लिएका देवकोटाले ६ वटा महाकाव्य, पच्चीस वटा खण्डकाव्य, तीन वटा निबन्ध÷प्रबन्ध, एउटा कथा, दश वटा गीती संग्रह, ६ वटा कविता संग्रह गरी ५१ वटा कृतिहरू हामी नेपालीलाई दिएका छन् भने ६ सय ४५ भन्दा बढी कविताहरू कोरेका छन् । त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा सबैभन्दा बढी क्याप्लग पनि सबैभन्दा बढी देवकोटाकै छन् । देवकोटाका बारेमा पी.एच.डी गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूले संख्या बीसभन्दा बढी पुगेको छ । माइकल हन नामका एक विदेशी नागरिकले देवकोटाका बारेमा पहिलो विद्यावारिधि गरेका हुन् । उनका निबन्धमा विद्यावारिधि हुन नसक्नु अप्राप्ती हो । शाकुन्तल, मुनामदन, प्रमिथस, लक्ष्मी निबन्धसंग्रह देवकोटाका प्रतिनिधि रचनाहरू हुन् । मुनामदन सर्वाधिक बिक्री भएको रचना हो भने यसको तीन दर्जनभन्दा बढी संस्करण भएको छ ।
मुनामदनमार्फत् देवकोटाले सहज तरिकाले नेपाली प्रेम तथा सामाजिक विषयवस्तु दिएका छन् । मुनामदन अन्तर्राष्ट्रियस्तरको रचना हो र यसले नेपाली साहित्यलाई समृद्ध बनाएको छ । नेपालमा गरीब छन् भन्ने कुरा मुनामदनले सबैलाई सिकाएको छ ।
यात्री कविताले मानवतावादी बनाएको छ । पागल कविताले नेपाली तथा विश्वसमाजलाई अफ्नो धरातल नबिर्सन सिकाएको छ । शाहजहाँको इच्छाले अमर प्रेमकहानीलाई अभिवञ्जना दिएको छ । देवकोटाको कथा संग्रह त्यति सफल रचना भने बन्न सकेको छैन । कल्पनाको साकार रूप प्रदान देवकोटाको मूल प्रवृत्ति हो । स्वच्छन्दतावादका देवकोटा प्रर्णता, प्रवक्ता र सूत्रधारका रूपमा छन् । पुतली, सुनको विहान, नेपालकै चर्चित प्रतिनिधि बालकविताहरू हुन् । यी कविताले नेपाली बालजगत्लाई संबोधन गरेको छ । र देवकोटा बालकवि पनि हुन र सफल कवि ।
देवकोटाका बारेमा विश्वप्रसिद्ध विद्धानहरूले आ–आफ्ना अभिमतहरू दिएका छन् । राहुल सांकृत्यायनले भारतीय तत्कालीन प्रतिनिधि चर्चित सुमित्रानन्द पन्त, जयरांकरप्रसाद गुप्ता र सूर्यकान्त निरालाजस्ता तीनवटै साहित्यकार बराबर देवकोटालाई मूल्यांकन गरेका छन् । नेपाली समालोचकहरूको बहुसंख्याले देवकोटालाई उच्च स्थानको साहित्कारको रूपमा चित्रण गरिरहेका छन् । विभिन्न भाषामा उनका रचनाहरू अनुदित हुनु नेपाली समृद्धिको सकारात्मक सूचना हुन् । देवकोटाले नेपाल, नेपाली तथा इतिहासलाई स्तरोन्नति गरेका छन् विश्वसाहित्यमा नेपाली साहित्यलाई उठाएका छन् ।
देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वले नेपालभित्र र बाहिरका जनतालाई सकारात्मक प्रभाव पार्दै ल्याएको छ । सकारात्मकता समृद्धिको प्रमुख आधार हो । यसले साहित्यकार, राजनीतिज्ञ, समालोचक, अनुसन्धानकर्ता, भावक–पाठकहरूको मनलाई छोएको छ, आकर्षित गरेको छ । देवकोटा एउटा करिडोरबाट पस्दा अर्को ढोकामा उभिएका लाग्छन् र त्यो ढोकाबाट अन्तै लागेका हुन्छन् । उनले पाश्चात्य विषय सिकन्दरलाई संस्कृत भाषामा र पूर्वीय पात्र शकुन्तलालाई अंग्रेजीमा लेख्ने प्रयास गरे पनि सफलता नचुम्नु देवकोटाको सीमा हो तर प्रयास पक्कै पनि सकारात्मक मान्न सकिन्छ ।
देवकोटाका केही रचनाहरू हिन्दीमा पनि भेटिदै आएका भए पनि देवकोटा हिन्दी भाषाको कट्टर विरोधीका रूपमा देखिएका छन् । यस रूपलाई नारायण गोपालले नेपाली गीत रचना र गायनमा उतारेका छन् । भाषिक विविधता र प्रयोगशीलता देवकोटाका सकारात्मक पाटाहरू हुन् । नेवारी कथ्य, लगायत थुप्रै भाषालाई देवकोटाले प्राथमिकतामा पारेका छन् । भाषिक विविधता देवकोटाको नमनीय–बन्दनीय पक्ष बन्दै रहेको छ ।
मन्त्रीसमेत भइसकेका देवकोटाले अर्थोपार्जनमा आँखा लगाएनन् । हालको कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको भू–स्वामित्वको प्रगाढता देवकोटाको उच्च प्राप्ती हो । यहाँबाट देवकोटाको दूरदर्शीता प्रर्दशित छ । देवकोटाको जीवनकाल खासगरी वि.स. २००२ सालदेखि २०१६ सालको काल नेपाली साहित्यको कविताको स्वर्णकाल रह्यो । देवकोटाको अवसानसँगै स्वर्णकाल मूच्र्छनामा छ भन्दा केही फरक नपर्ला ।
उदारमना देवकोटाले विश्वभ्रमण गरे पनि नेपालकै सम्पूर्ण भू–भाग देख्न पाएनन् । सुदूरपश्चिमको भू–भाग, साहित्यकला, संस्कृति, भौगोलिक परिदृश्य, रहनसहन देख्न–भोग्न पाएको भए सहिद देवकोटाले विकट भागको माग बोल्थे । बिडम्वना देवकोटाले पश्चिम नेपाललाई छुन पाएनन्, काठमाडौंकै सेरोफेरोबाटै नेपाली चाहना लेखेर नेपाललाई समृद्ध बनाउन योगदान गरे । देवकोटाले ‘प्रति’ कविताबाट गद्य लयको आधारशिविर बनाएर वैचारिक कविताहरू यही लयबाट प्रखर बनाएका छन् । देवकोटाले सबै लय प्रयोग गरी संवेदनशीलताको, दूरदर्शीताको र समानताको साक्ष्यलाई बनाएका छन् । भाषण लेखनमा सफल देवकोटा शिक्षणमा सफल छन् र आर्थिक लोभलालचबाट विशुद्ध छन् । यसले नेपाली समृद्धिको यात्रालाई मोहक बनाउने आशा गर्न सकिन्छ ।

प्रकाशित मितिः   २ मंसिर २०७५, आईतवार १६:१०