नगर अध्यक्षमा शर्मा

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
गैरसरकारी संस्था महासंघ वीरेन्द्रनगर नगर समन्वय समितिको अध्यक्षमा लक्ष्मी शर्मा निर्वाचित भएकी छिन् । नगर समन्वय समितिको प्रथम भेलाले शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा काशीराम शर्मा, सचिवमा प्रकाश सारु, कोषाध्यक्षमा शर्मीला नेपाली, सह–सचिवमा घनश्याम वली चयन भएका छन् । त्यस्तै सदस्यहरूमा मीना शाही, तारा ढकाल, मेनका आचार्य, छायाँ बैगार, दिपक ढकाल, मञ्जु शाही, विष्णु गुरुङ्ग र रुसो कोइराला रहेका छन् ।
भेलामा बोल्दै प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले गैरसरकारी संस्थाहरू विकास र समृद्धिमा लाग्नुपर्ने बताइन् । भेलामा गैरसरकारी संस्था महासंघका कर्णाली प्रदेश सचिव हरिप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघ सुर्खेतका उपाध्यक्ष शान्ता लामिछाने र सचिव घनश्याम केसी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ कार्तिक २०७५, बिहीबार १६:२२