जीवनज्योतिको स्थापना दिवस

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
जीवनज्योति बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–१० घुस्रा सुर्खेतले १२औं स्थापना दिवस मनाएको छ । मंगलवार प्रभातफेरी गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा शुभकामना मन्तव्य दिँदै संस्थाका अध्यक्ष श्यामबहादुर वलीले सहकारीले आफ्नो लक्ष्य र उद्देश्य अनुसार काम गर्दै अघि बढेको बताए । उनले सहकारीमार्फत् नागरिकको जीवनस्तरमा सुधार ल्याउने र समाजको समृद्धिमा योगदान पु¥याउने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता समेत जनाए ।
सहकारीका शिक्षा उप–समितिका संयोजक अनिताकुमारी बिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक विष्णुप्रसाद बास्कोटाले गरेका थिए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७५, बुधबार १६:३२