कविता प्रतियोगिता

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ कार्तिक ।
हिमाली पुस्तकालय सुर्खेतको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । ११० औं लक्ष्मी जयन्तीको अवसरमा पुस्तकालयले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा खुलातर्फ उमालाल आचार्य प्रथम, प्रेमबहादुर विश्वकर्मा द्वितीय, टिकाभक्त गिरी तृतीय र सुश्मीता गौतमले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यस्तै, बाल कवितातर्फ अर्जुन आचार्य प्रथम, जानुका चौलागाईं द्वितीय, समीक्षा नेपाल तृतीय र सुदीक्षा भण्डारी सान्त्वना भएका थिए ।
पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीको सभापतित्वमा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतको सहभागिता रहेको थियो ।
कविता प्रतियोगिताको मूल्यांकनकर्तामा साहित्यकारहरू टीका पोखरेल, भिम भण्डारी र जागेश्वर नेपाल रहेका छन् ।