६ जना जुवाडे पक्राउ

सुर्खेत, १९ कार्तिक । (साबिस)
प्रहरीले ६ जना जुवाडेहरू पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० बसर्पाकस्थित घनश्याम अधिकारीले सञ्चालन गरेको होटलबाट उनीहरू पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेका छन् भन्ने सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको टोलीले उक्त होटललाई कानुन बमोजिम खानतलासी गर्दा उनीलाई पक्राउ गरिएको जनाइएको छ ।
वीरेनद्रनगर–३ का ४३ वर्षीय बखत सुनार, ३६ वर्षीय टीकाराम सुनार, २५ वर्षीय
तीर्थ सुनार, २८ वर्षीय दिपक रोकाय, वीरेनद्रनगर–६ का ५४ वर्षीय शमशेर शाही र दैलेख कालभैरवका २० वर्षीय चित्र सुनार पक्राउ परेका छन् । उनीहरूबाट पाँच लाख २४ हजार आठ सय ५८ रूपैयाँ नगदसहित, तीन गड्डी नयाँ तास बरामत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा १२५ बमोजिम म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।