कर्णालीको शैक्षिक अवस्था, चुनौती र सम्भावना

विष्णुकुमार खड्का

३.कर्णाली प्रदेशको शैक्षिक परिदृश्य
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको साक्षरता दर (५ वर्ष वा सोभन्दा माथिको) ६५.९ प्रतिशत रहेको छ । प्रादेशिक विवरण अनुसारको ५ वर्ष वा सोभन्दा माथिको साक्षरता दर हेर्ने हो भने कर्णाली प्रदेशमा पुरुषको साक्षरता दर ७२.९, महिलाको साक्षरता दर ५३.२ जम्मा ६२.८ रहेको छ ।
क. कर्णाली प्रदेशको विद्यालय शिक्षाको अवस्था
नेपालमा विद्यालय शिक्षालाई पूर्व प्राथमिक (कक्षा १ भन्दा तलको शिक्षा), प्राथमिक (१ देखि ५ कक्षा), निम्न माध्यमिक (६ देखि ८ कक्षा), माध्यमिक (९ र १० कक्षा) र उच्च माध्यमिक (११ र १२ कक्षा) गरी पाँच तहमा विभाजन गरी औपचारिक शिक्षा प्रदान गर्दै आएकोमा हाल आएर नेपाल सरकारले कक्षा १ देखि ८ सम्मलाई आधारभूत शिक्षा र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षा गरी दुई तहमा विभाजन गरेकोे छ । नेपालमा शैक्षिक वर्ष २०७४ मा कूल १,००, ३६३ विद्यालय रहेको देखिन्छ । प्रादेशिक विवरण हेर्दा कूल विद्यालय कर्णाली प्रदेशमा जम्मा ७,८५८, जसमध्ये पूर्व प्राथमिक २,७११, प्राथमिक ३,१६१, निम्न माध्यमिक १,१८२ , माध्यमिक ५७४ र उच्च माध्यमिक २३० रहेकाछन् (स्रोत ँबिकज क्ष् चभउयचत द्दण्ठद्ध ९द्दण्ज्ञठरज्ञड० शिक्षा विभाग, सानोठिमी, भक्तपुर) ।
विद्यालय शिक्षामा शिक्षक शिक्षिकाको अनुपात महिलाहरु बढी तल्लो तहमा र पुरुषहरु बढी माथिल्लो तहमा अध्ययापन गराउने गरेको तथ्यांकले समेत पुष्टी गर्दछ । नेपालमा शिक्षक शिक्षिकाको जी.पी.आई हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा ०.५४, निम्न माध्यमिकमा ०.३१, माध्यमिकमा ०.१८ र उच्च माध्यमिक तहमा ०.१२ प्रतिशत रहेको देखिन्छ । नेपालमा प्राथमिक तहमा एक शिक्षक÷शिक्षका बराबर १८ जना विद्यार्थी रहेको देखिन्छ भने सो को अनुपात तहको वृद्धिसँग बढेको देखिन्छ । निम्न माध्यमिक तहमा एक शिक्षक÷शिक्षका बराबर २९ जना विद्यार्थी, माध्यमिक तहमा २५ जना विद्यार्थी र उच्च माध्यमिक तहमा ३९ जना विद्यार्थी रहेको देखिन्छ । प्रदेशगत विवरण हेर्ने हो भने कर्णाली प्रदेशमा प्राथमिक तहमा २५, निम्न माध्यमिक तहमा ३४, माध्यमिक तहमा ३२ र उच्च माध्यमिक तहमा ३१ रहेको देखिन्छ (स्रोत ँबिकज क्ष् चभउयचत द्दण्ठद्ध ९द्दण्ज्ञठरज्ञड० शिक्षा विभाग, सानोठिमी, भक्तपुर) । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांक अनुसार कर्णाली प्रदेशमा आधारभूत तहमा एक शिक्षकले ५० विद्यार्थी अध्यापन गराउनुपर्ने बाध्यता छ भने माध्यमिक तह (९–१२) मा ५४ जना विद्यार्थी अध्यापन गराउनुपर्छ (साझा बिसौनी, २०७५) ।
नेपालमा शैक्षिक वर्ष २०७४ को कूल भर्ना दर प्राथमिक तहमा १३२.३, निम्नमाध्यमिक तहमा १०८.०, माध्यमिक तहमा ८०.३ र उच्च माध्यमिक तहमा ४०.९ रहेको देखिन्छ । कूल भर्ना दर प्रदेशिक तहमा हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा छात्रा १४०.५, छात्र १२८.३ र जम्मा १३४.४, निम्न माध्यमिक तहमा छात्रा १०९.७, छात्र १०६.२ र जम्मा १०७.९, माध्यमिक तहमा छात्रा ७९.०, छात्र ८४.६ र जम्मा ८१.८, र उच्च माध्यमिक तहमा छात्रा ३८.२, छात्र ३५.९ र जम्मा ३७.० रहेको देखिन्छ । त्यसैगरी नेपालमा शैक्षिक वर्ष २०७४ को खुद भर्ना दर प्राथमिक तहमा ९७.२, निम्नमाध्यमिक तहमा ८७.४, माध्यमिक तहमा ६५.९ र उच्च मध्यमिक तहमा २२.० रहेको देखिन्छ । खुद भर्ना दर प्रदेशिक तहमा हेर्दा कर्णाली प्रदेशमा प्राथमिक तहमा छात्रा ९७.७, छात्र ९८.१ र जम्मा ९७.९, निम्न माध्यमिक तहमा छात्रा ८६.८ छात्र ९०.३ र जम्मा ८८.५, माध्यमिक तहमा छात्रा ६१.२, छात्र ६२.८ र जम्मा ६२.०, र उच्च माध्यमिक तहमा छात्रा २०.५, छात्र २३.६ र जम्मा २२.१ रहेको देखिन्छ (स्रोत ँबिकज क्ष् चभउयचत द्दण्ठद्ध ९द्दण्ज्ञठरज्ञड० शिक्षा विभाग, सानोठिमी, भक्तपुर) । कर्णाली प्रदेशमा तीन वटै तहमा ३ हजार १ सय ९९ सामुदायिक विद्यालयहरू छन् । तथ्यांक अनुसार उक्त विद्यालयमा ९ हजार ८ सय ४६ जना शिक्षकहरू कार्यरत छन् । ४ लाख ९२ हजार ६ सय ९० विद्यार्थीहरू आधारभूत तहमा अध्ययनरत छन् । यस्तै माध्यामिक तहमा राहत, अस्थायी र स्थायी गरी १ हजार ८ सय २९ शिक्षकहरू कार्यरत छन् । कर्णालीमा हाल १ लाख ३ सय १३ विद्यार्थी माध्यमिक तहमा अध्ययनरत छन् ( साझा बिसौनी, २०७५, भदौ १७) ।
ख. कर्णाली प्रदेशको उच्च शिक्षाको अवस्था अवस्था
वि.सं. २०१६ सालमा हालको त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । त्यसैगरी वि.सं. २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय), वि.सं. २०४८ साल मंसिर २५ गते काठमाडौं विश्वविद्यालय, वि.सं. २०५१ सालमा पूर्वाञ्चल विश्वविद्यालय, वि.सं. २०५४ मा पोखरा विश्वविद्यालय वि.सं. २०६२ साउन २० मा लुम्बिनी बौद्ध विश्वविद्यालय, वि.सं. २०६७ असार ३ गते कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र २०७४ मा राजर्षीजनक विश्वविद्यालय र खुल्ला विश्वविद्यालय स्थापना भएसँगै हालसम्म मुलुकमा ११ वटा विश्वविद्यालयहरू र चार वटा विश्वविद्यालयसरहका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू स्थापना भइसकेका छन् ।
नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका ६० आंगिक, ५२४ सामुदायिक र ५७७ निजि सम्बधनप्राप्त क्याम्पसहरू रहेका छन् भने काठमाण्डौ विश्वविद्यालयका ६ आंगिक र १५ निजी सम्बधनप्राप्त क्याम्पसहरू रहेकाछन् । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका ५ आंगिक, ६ सामुदायिक र १२० निजी सम्बन्धन प्राप्त क्याम्पसहरू रहेका भने पोखरा विश्वविद्यालयका ४ आंगिक र ५८ निजी सम्बन्धनप्राप्त क्याम्पसहरू रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका १४ आंगिक, २ सामुदायिक र २ निजी सम्बधन प्राप्त क्याम्पसहरु रहेका छन् भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका १० आंगिक क्याम्पसमा रूपान्तरण भइसकेकासहित ११ आंगिक क्याम्पसहरू र १ निजी सम्बन्धनप्राप्त क्याम्पसहरू रहेका छन् । त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका १५ आंगिक क्याम्पसमा रूपान्तरण भइसकेकासहित १६ आंगिक कृषि तथा वनविज्ञान विश्वविद्यालयका २ आंगिक, लुम्बिनी बौद्ध विश्वविद्यालयको १ आंगिक, नेपाल खुल्ला विश्वविद्यालय र राजर्षीजनक विश्वविद्यालयमा कुनै पनि आंगिक क्याम्पसहरू रहेका छैनन् (पाण्डे, २०७५) ।
अहिले नेपालको उच्च शिक्षाको कूल भर्ना दर १७.१ प्रतिशत पुगेको छ । संख्यात्मक रूपमा उच्च शिक्षा प्रदायक संस्थाहरूको विस्तार भएको देखिएता पनि उच्च शिक्षाको पहुँच र अवसर समतामूलक बन्न सकेको छैन (उच्च शिक्षा नीति, २०७२) । अधिकांश उच्च शिक्षा संस्थाहरू मध्यमाञ्चल विकास क्षेत्रमा
(४९.९ प्रतिशत), पश्चिमाञ्चलमा (१८.४ प्रतिशत), पूर्वाञ्चलमा (१७.५ प्रतिशत) मध्यपश्चिमाञ्चलमा (७.७ प्रतिशत) र सुदूरपश्चिमाञ्चलमा (६.३ प्रतिशत) रहेका छन् । उच्च शिक्षामा भर्ना हुनेहरू मध्ये छात्राहरूको संख्या ३५ प्रतिशतबाट ४५ प्रतिशत पुगेको छ । कूल भर्नादर ६.६ प्रतिशतबाट १६.८४ प्रतिशत पुगेको छ । राष्ट्रियस्तरको सरदर उत्तीर्ण प्रतिशत ४० प्रतिशत भन्दा कम र विगत २००७–२०११ का अवधिमा यो दर ३२ प्रतिशत–३७ प्रतिशतमा सीमित छ । समग्र शिक्षामा छुट्याइएको बजेटको जम्मा आठ प्रतिशत उच्च शिक्षामा लगानी हुँदै आएको छ (उच्च शिक्षा नीतिको प्रस्तावना, २०७०) ।
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त विवरण अनुसार शैक्षिक शत्र २०७४÷२०७५ मा ३,६१,०७७ विद्यार्थी अध्ययनरत देखिन्छ । विश्वविद्यालयमा अध्ययनरत कुल विद्यार्थीको सबैभन्दा बढी ७८.८ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालय अन्तरगत अध्ययनरत देखिन्छन् भने त्यसपछि क्रमशः पोखरा विश्वविद्यालयमा ७.२ प्रतिशत, पूर्वाञ्चल विश्वविद्यालयमा ६.५ प्रतिशत, काठमाडौं विश्वविद्यालयमा ४.६ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ०.८ प्रतिशत, सुदूरपश्मिाञ्चलमा ०.६ प्रतिशत, एएफयूमा ०.४ प्रतिशत, नेपाल संस्कृत विश्वविद्यालयमा ०.४ प्रतिशत, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०.४ प्रतिशत, पीएएचएसमा ०.१० प्रतिशत, एलबीयूमा ०.०५ प्रतिशत, र एनएएमएस ०.०२ प्रतिशत रहेको देखिन्छ ।
विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त विवरण अनुसार शैक्षिक शत्र २०७४ मा संकाय अनुसार विभिन्न विश्वविद्यालयहरुको विद्यार्थी विवरण हेर्दा विज्ञान तथा प्रविधिमा त्रिभुवन विश्वविद्यालय अन्तरगत २७,३,४९, पूर्वाञ्चल विश्वविद्यालयमा ५,९९३, काठमाडौं विश्वविद्यालयमा १,२३५, पोखरा विश्वविद्यालयमा ६३२, मध्यपश्चिमाञ्चलमा २५५ र सुदूरपश्मिाञ्चलमा १६१ गरी जम्मा ३५,६,२५ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । त्यसैगरी मानविकी तथा समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालय अन्तरगत ३५,५४१, पूर्वाञ्चल विश्वविद्यालयमा ५९१, काठमाडौं विश्वविद्यालयमा १,२३५, पोखरा विश्वविद्यालयमा ६३२, मध्यपश्चिमाञ्चलमा ९१३ र सुदूरपश्मिाञ्चलमा २०६ गरी जम्मा ३८,७८६ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । व्यवस्थापन संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा १,२४,५६८, पूर्वाञ्चल विश्वविद्यालयमा ७,९९६, काठमाडौं विश्वविद्यालयमा २,२०९, पोखरा विश्वविद्यालयमा १५,७८३, मध्यपश्चिमाञ्चलमा १,०३२ र सुदूरपश्मिाञ्चलमा ९३७ गरी जम्मा १,५२,५५५ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । शिक्षाशास्त्र संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा ८२,८०५, पूर्वाञ्चल विश्वविद्यालयमा ३,५४६, काठमाडौं विश्वविद्यालयमा ८९४, नेपाल संस्कृतमा १,१८१, मध्यपश्चिमाञ्चलमा ५०१ र सुदूरपश्मिाञ्चलमा ७३५ गरी जम्मा ८९,६६२ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । चिकित्साशास्त्र संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा १,५८२, पूर्वाञ्चल विश्वविद्यालयमा ४,६०३, काठमाडौं विश्वविद्यालयमा ९,६५१, पोखरा विश्वविद्यालयमा १,५५०, पाटन स्वास्थ्य वि.प्र.मा ३५०, वि.पी. स्वास्थ्य वि.प्र.मा १४४८ र चिकित्सा वि.रा.प्र.मा ९० गरी जम्मा १९,२७४ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । कानुन संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा ५,२८६, पूर्वाञ्चल विश्वविद्यालयमा ८१० र काठमाडौं विश्वविद्यालयमा ७९ गरी जम्मा ६,१७५ विद्यार्थी अध्ययनरत रहेको देखिन्छ । त्यसैगरी कृषिमा ९४५ तथा वनमा २८५, लुम्बिनी बौद्घ विश्वविद्यालयमा बुद्धिज्ममा १९६ र संस्कृतमा २९० विद्यार्थी अध्ययनरत रहेको देखिन्छ ।
उच्च शिक्षा नीतिको प्रस्तावना (२०७०) अनुसार उच्च शिक्षा संस्थाहरू मध्ये अधिकांशमा शिक्षाशास्त्र (३९ प्रतिशत), व्यवस्थापन (६० प्रतिशत) र मानविकी तथा समाजशास्त्र (२५ प्रतिशत) को पढाइ हुन्छ । सम्पूर्ण उच्च शिक्षाका विद्यार्थीहरू मध्ये शिक्षाशात्र, मानविकी तथा समाजशास्त्र र साधारण व्यवस्थापनमा अधिकांश (८५प्रतिशत) केन्द्रित छन् छन् भने विज्ञान तथा प्रविधिका क्षेत्रमा १४ प्रतिशत (इन्जिनियरिङ्ग र मेडिसिनमा ९.४२ प्रतिशत विज्ञान तथा प्रविधिमा ४.२४ प्रतिशत एवम् कृषि तथा वनतर्फ ०.३ प्रतिशत) मात्र छन् । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक व्यवस्थापन सूचना प्रणाली २०१५÷०१६ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार नेपालमा सबै प्रकृतिका उच्च शैक्षिक संस्थाहरूको संख्या १ हजार ४ सय ७ पुग्यो । ती संस्थामा जम्माजम्मी ३ लाख ६१ हजार ७७ विद्यार्थी अध्ययनरत छन । विद्यार्थीको सो संख्यामध्ये साधारण शिक्षा (शिक्षा, मानविकी र व्यवस्थान) मा अध्ययनरत विद्यार्थीको हिस्सा ७७.७८ प्रतिशत रहेको छ । प्राविधिक शिक्षा लिइरहेको विद्यार्थीको प्रतिशत भने २२.१३ रहेको छ (भण्डारी, २०७५) ।
पछिल्लो तथ्यांक अनुसार ५ वर्षमा करिब २ लाख ६० हजार विद्यार्थीले ‘नो अब्जेक्सन लेटर लिएका छन् । आर्थिक वर्ष २०७२÷७३ मा ३२ हजार ४ सय ८९, आव २०७३÷७४ मा ५० हजार ६ सय ५९ र आव २०७४÷७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । नेपालबाट विश्वका झन्डै ६३ वटा मुलुकमा वार्षिक करिब ३५ हजार विद्यार्थी अध्ययन गर्न जाने गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अन्तर्गत १ हजार ४ सय ७३ संस्था आबद्ध छन् । करिब २ हजार ७ सय संस्थाले यो वा त्यो रुपमा काम गर्दै आएका भेटिन्छन् ।

प्रकाशित मितिः   २० कार्तिक २०७५, मंगलवार १२:१३