साना किसानको साधारणसभा

साझा बिसौनी संवाददाता
पञ्चपुरी, १७ कार्तिक ।
समानता साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साविकको बावियाचौर गाउँ विकास समितिका १ देखि ९ वडासम्मका महिलाहरूलाई समूहमा सामेल गराइ आर्थिक तथा सामाजिक विकास गर्नका लागि वि.सं. २०७० सालमा दर्ता भइ सञ्चालनमा आएको हो ।
सहकारीले लक्षित वर्गलाई कृषि कार्यको साधन, स्रोत उपलब्ध गराइ आर्थिक तथा सामाजिकस्तरमा परिवर्तन ल्याउन बावियाचौरमा काम गरिरहेको छ । एक सय दुई वटा समूहका ६ सय पाँच सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मा दुई करोड ५९ लाख ५७ हजार तीन सय ६२ रूपैयाँ बराबरको कारोबार गरेको सहकारीका अध्यक्ष जगतकुमारी थापाले जानकारी दिइन् ।
गाउँ घरका महिलाहरूलाई प्रत्यक्ष रूपमा आय–आर्जन र सीप विकासमा सहकारीले सहयोग सहयोग पु¥याएको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । साथै साविक बावियाचौर गाउँ विकास समितिका जनप्रतिनिधिहरू, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयरकर्ता, ऋणी, ज्येष्ठ सदस्य लगायतलाई सम्मान गरिएको संस्थाकी शाखा प्रबन्धक मनकला बान्तोला रिमालले जानकारी दिइन् ।

प्रकाशित मितिः   १८ कार्तिक २०७५, आईतवार १४:१२