जनतासँग सांसद

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ कार्तिक ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ का सांसदहरूले विकास निर्माणबारे मतदाताहरूसँग छलफल गरेका छन् । जनताका चाहना अनुसार ग्रामीण क्षेत्रमा विकास गर्ने रणनीति अनुसार सांसदहरूले निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र शुभकामना आदान–प्रदान कार्यक्रम तीव्र पारेका हुन् ।
निर्वाचित भएपछि जनतासँग प्रतिनिधि र प्रदेश सभा सदस्यहरूले भेटघाट कार्यक्रम गरेका हुन् । शुक्रवार गुराँस गाउँपालिकाको पातिकाल्लामा कार्यक्रम गरेका सांसदहरूले शनिवार धरमपोखराका जनतासँग छलफल गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा, पार्वती विसुन्के र प्रदेश सभा सदस्य धर्मराज रेग्मीले जनताहरूसँग विकासबारे छलफल गरेका छन् । सांसदहरूले जनताका आवश्यकताबारे प्रतिक्रिया
लिएका थिए ।

प्रकाशित मितिः   १८ कार्तिक २०७५, आईतवार १४:१२