कैदीलाई फलफूल वितरण

सुर्खेत, १७ कार्तिक । (साबिस)
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जिल्ला कारागार सुर्खेतमा रहेका कैदीबन्दीहरूलाई फलफूल वितरण गरेकी छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा मन्त्री केसीले सुर्खेत कारागारमा रहेका कैदीबन्दीहरूलाई शनिवार फलफूल वितरण गरेकी हुन् ।
जेलभित्र रहेका ज्येष्ठ नागरिकहरूलाई जम्मा कैदमा हुने २५ प्रतिशत छुट नभएको भन्दै मन्त्री केसीलाई पहल गरिदिन बन्दीहरूले आग्रह गरेका छन् । पुस्तकालयमा कानुन सम्बन्धीका पुस्तकरुको अभाव रहेको भन्दै आवश्यक व्यवस्थाका लागि मन्त्री केसीको ध्यानाकर्षण गराएका हुन् ।
कैदीबन्दीहरूका लागि कर्णाली प्रदेशको सरकारका तर्फबाट आय–आर्जनका लागि सीपमूलक कार्यक्रमको व्यवस्था गरिने कृषि मन्त्री केसीले जानकारी दिइन् ।