तीन करोडको कारोबार

सुर्खेत, १७ कार्तिक । (साबिस)
देउती बज्यै बहुमुखी सहकारी संस्था वीरेन्द्रनगर–१२ सुर्खेतको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोतिप्रसाद पौडेलेको अध्यक्षतामा सभा भएको हो ।
साधारण सभामा संस्थाले गरेका गतिविधि बारेमा सचिव बाबुराम आचार्यले जानकारी गराएका थिए । सभामा कोषाध्यक्ष रत्नप्रसाद सुवेदीले पेश गरेको विवरण अनुसार संस्थाको कारोबार तीन करोड आठ लाख २७ हजार ६ सय रूपैयाँ रहेको छ । सभाबाट संस्थाको प्रस्तावित बजेट तथा कार्यक्रमहरू पारित गरिएको छ । कार्यक्रमको सहजीकरण सल्लाहकार रामलाल आचार्यले गरेका थिए ।