तीन टीम विजयी

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक ।
बावियाचौर च्यालेन्ज कप अन्तर्गत बिहीवार विभिन्न खेलहरू भएका छन् । बिहान भएको खेलमा पञ्चपुरी–४ बराँइचेलाई हराउँदै बराहताल–६ विजयी भएको छ ।
यस्तै, पञ्चपुरी स्पोर्टस् क्लब ‘बी’ लाई तीन गोलले हराउँदै युनियन क्लब सालकोट विजयी भएको छ । बड्डिचौर र रक्सेनी युवा क्लबबीच भएको खेलमा पेनाल्टीमार्फत् रक्सेनीले जितेको हो । घाटगाउँ स्पोर्टस् क्लबलाई हराउँदै चिसापानी स्पोर्टस् क्लब विजयी भएको छ ।
बिहीवार नै आयोजक बावियाचौर स्पोर्टस् क्लब र सप्तरंगी युवा क्लबबीच खेल भएको थियो । उक्त खेलमा बावियाचौर स्पोर्टस् क्लबका कमानसिंह सार्कीले तीन र रमेश रावलले दुई गोल गरी क्लबलाई विजयी बनाएका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रवार चार वटा खेल हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२३