बावियाचौर च्यालेन्ज कप सुरु
साझा बिसौनी संवाददाता
पञ्चपुरी, १४ कार्तिक ।
पश्चिम सुर्खेतको पञ्चपुरीमा बावियाचौर खुला फुटबल च्यालेन्ज कप प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । बावियाचौर स्पोर्टस् क्लब पञ्चपुरीले तिहारको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा बुधवार बराहताल–६ बुटी र पञ्चपुरी–४ बराँइचेबीचको खेल बराबरीमा टुङ्गियो । निर्धारित समयमा खेल बराबरीमा टुङ्गिएपछि आज
(बिहीवार) पेनाल्टी सुटआउटमार्फत् नतिजा निकालिने जनाइएको छ । यस्तै आज (बिहीवार) पञ्चपुरी ‘डी’ भर्सेस सालकोट र पञ्चपुरी ‘सी’ भर्सेस घाटगाउँ तथा बड्डिचौर भर्सेस चेपाङ र आयोजक बावियाचौर स्पोर्टस् क्लब भर्सेस विद्यापुर ‘ए’ बीच खेल हुने क्लबका अध्यक्ष क्षितिज थापाले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँबाट १८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल र पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले संयुक्त रूपमा गरेका थिए ।
साझा बिसौनी ।