बीआरआई विमर्श
डा.दिपक गौतम
पछिल्लो समयमा विद्वत् वर्गमा चिनियाँ नव विकासपूर्वाधारको क्षेत्रको बीआरआई खुबै चलेको पदावली हो । बेल्ट एण्ड रोड इनिसियटिभ्सले पूर्ण रूप ग्रहण गरेको पदावलीमा प्रयोग भएका बेल्टले क्षेत्र र रोडले वस्तुको अनि इनिसियटिभ्सले अन्य जनताले भन्दा अघि नै खास क्षेत्रका जनताले कुनै त्यस प्रकृतिको योजना पहुँच वा कानुनको सुनिश्चिततालाई बुझाउँछ । यसको अर्थ बीआरआइ एउटा रणनैतिक विकास अवधारणा हो । यसका स्वप्नद्रष्टा वर्तमान चीनका राष्ट्राध्यक्ष सिजी पिङ हुन् । चिनियाँ ऊर्जाशील जनता, आम उत्पादनका पृष्ठभूमिमा यातायातको विकास भइ अन्तर्राष्ट्रिय बजारको सिर्जना गर्नु बीआरआईको सारभूत लक्ष्य हो ।
दुई हजार वर्षभन्दा बढी समयदेखि नै चीनले वर्तमानकालीन दक्षिण एसियाली मुलुकहरूमा ७८ वटा सामानको व्यापार गर्ने कुरा इतिहासमा उल्लेख छ । तत्कालीन समयका व्यापारिक बाटाहरू नेपाल भएर गएका थिए । उत्तरतर्फका विशाल हिमालयहरूले थुप्रै बाधा अड्चन गरे पनि नेपालका कोशी, कर्णाली, गण्डकी, महाकालीका शाखाप्रशासनले बनाएका हिमाली गल्लीहरू नै सबैभन्दा राम्रा व्यापारिक नाकाहरू थिए । नदीका किनारै किनार व्यापारीहरू आउँदा नेपाल व्यापारिक प्रवेशविन्दु मात्र बनेको थिएन नेपालको व्यापार पनि समृद्ध थियो । नेपालले, चिनियाँ व्यापारीहरूबाट राजश्व असुल्थ्यो । सुगौली सन्धी नाका, नेपालको निर्यात व्यापार भारतको भन्दा पाँच गुणा ठूलो थियो । चीनले तिब्बतलाई अधिनस्थ नगराउँदासम्म वार्षिक दश हजार नेपाललाई कर तिथ्र्यो । चिनियाँले विश्वमा गरेका व्यापार र व्यापारिक बाटाहरूलाई सिल्क रोडका नाममा अगाडि बढाएका छन् । यही एतिहासिक पृष्ठभूमिमा चीनले नयाँ अवधारणा ल्याएको छ त्यो हो बीआरआई परियोजना ।
चीनले विश्व अर्थतन्त्रलाई गति, दिशा र मति दिइरहेको छ । तर भारतले बीआरआईप्रति असहमति देखाउँदै आएको छ । यद्यपि भारतले पनि ‘भारत बनाओ’ नारा ल्याइसकेको छ । भारतीय उत्पादनले भविश्यमा बजार खोज्दै छन् । पाकिस्तान, नेपाल, बंगलादेश, म्यानमार, अफगानिस्तान, इरान, श्रीलंका, ब्राजिल जस्ता देशहरूले बीआरआईलाई सहमति दिइसकेका पृष्ठभूमिमा भारत नआइ सुखै देखिदैन । यद्यपि भारत सहमत नभएपछि चीनले ट्रान्स हिमालयन सहकार्य अगाडि बढाएको छ । पहिले बर्मादेखि भारतसम्म सिल्करोडको व्यापार थियो । दुई हजार वर्ष अघिका मेहनती र साहसी जनताले एसिया, युरोप र अफ्रिका जोड्ने बाटोमात्र पत्ता लगाएका थिएनन् । सभ्यतालाई जोडेका थिए, दोस्रो पुस्तामा सारेका थिए र सभ्यताको आधार शान्ति, सहकार्य, खुलापन, समावेशीता, आपसी सिकाइ र हितमा हुन्छ भन्ने एक्काइसौं शताब्दिलाई सिकाएका छन् । यही व्यापक, विशाल र जीवन्त अनुभवका आधारमा चिनियाँ राष्ट्रपति सीजी पीङले सन् २०१३ मा सामुन्द्रिक रेलमात्र थपेर वान वेल्ट एण्ड वान रोड अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभ्सलाई सजिलोका लागि बीआइ मानिदैछ । चीनले यसलाई विकासमा पछाडि परेका देशका विकासका रणनीतिक उत्तोलकका रूपमा लिए पनि नेपालका ठूलो पार्टी कांग्रेस, राजपालगायत घरानीया नेपाली बुद्धिजीविहरू विभाजित छन् । बेल्ट एण्ड रोड चिनियाँ एक्काइसौं शताब्दीको सपना साकार पार्नका लागि विश्वका विषयविज्ञलाई चिनले सहभागी बनाउँदैछ ।
व्यवहारतः सभ्यताको प्राविधिक पाटो आर्थिक विकास हो भने सद्भाव मानसिक पक्ष हो । चीनले यसलाई बहुध्रुवीय विश्व, आर्थिक विश्वव्यापिकरण सांस्कृतिक विविधता र विस्तृत सूचना प्रविधिको प्रयोगलाई समेटेको संयुक्त विकासको योजना खुला क्षेत्रीय सहकार्यको भावनामा आधारित उत्तोलकका रूपमा लिएको छ । विश्व मानव समाजको साझा आदर्श र सुखलाई प्रतिबिम्वित गर्ने अन्तर्राष्ट्रिय शान्ति प्रबद्र्धन गर्ने विश्वास लिएको छ भने बेलायत, अमेरिका, जर्मनी, फ्रान्स तथा युरोपियन युनियनहरू यसका विषयान्तरमा फरक अवधारणामा रहेका छन् । वीपीले जीवन कालमा कहिल्यै पनि ठूला परियोजनालाई आत्मसात गरेनन् । उनले जनताको खाने, पिउने, बस्ने, शान्तिपूर्वक रहने कुरामा व्यवहारिक जीवनको समृद्धिलाई जोड दिए ।
बीआरआईको लक्ष्य एसिया, युरोप र अफ्रिकी महादेश तथा तिनका सागरहरूलाई, आकाशहरूलाई, सञ्चारहरूलाई, शिक्षा प्रविधिहरूलाई जोडेर विशाल कनेक्टिभिटी बनाउने रहेको छ । यसैभित्र मूर्त–अमूर्त विकासधाराहरू बगाउने उद्देश्य बनेको छ । चिनियाँ क्षमताले भावी दुनियाँलाई चलाउने अर्थात् विशाल बजारको क्षेत्रविस्तार गरी विश्वमा एक सर्वशक्तिशाली बन्ने चाहना पनि हुनसक्छ । तर प्रत्येक स्वतन्त्र राष्ट्रको पहिलो हित अर्थात् फस्र्ट ऊ हो । यसमा नेपाल जस्तो देश त झन् चलाख बन्नुपरेको छ ।
बजार, लगानी, उपभोग, उत्पादन, आपसी ज्ञान विस्तार र सम्मान सद्भाव, शान्ति समृद्धि बीआरआईका उपउत्पादनहरू हुन् । सन् १९८० सम्म चीनले आफूलाई गरिबी समाजवादको व्यावहारिक रूपमा लियो । तेन स्याओफेङको आगमनले चीनलाई खुलापनको नयाँ ढाँचामा ल्यायो । १९८७ तिरबाट चीन विश्व आर्थिक व्यवस्थालाई आकर्षित गर्न लाग्यो । यसै परिणाम स्वरूप भर्खरै मकाव–झ्याङ–हङकङ जोड्ने ५० किलोमिटर समुन्दै्र माथिको ६ लेनको ८ रेक्टर भूकम्प थेग्नसक्ने नौ वर्ष लगाएर विश्वमै लामो ठूलो मजबुद पुल बनाउन सफल भयो । २२००० मेगावाटको एउटै विद्युतकेन्द्र सञ्चालन गरेर विश्वका प्राविधिकहरूको पर्यटनकेन्द्र बनाइसकेको छ, १६०० किमीभन्दा लामो नहर औद्योगिक ग्राम लगायत थुप्रै प्रविधिको विकास गरिसकेको चीनले क्षेत्र (बेल्ट) एण्ड रोड (बाटो) को रणनीतिलाई संयुक्त राष्ट्रसंघको बडापत्रको भावानुकूल भएको दावी गर्दैछ यसमा पर्ने देशमा आर्थिब बजेटको नीतिलाई समेत ध्यान दिने विश्वास गरिरहेको छ । तिनीहरूको जलविकाससँग जोडिएका गतिविधिसँग सहकार्य गर्ने शिलशिलामा श्रीलंकामा एउटा अन्तर्राष्ट्रिय बन्दरगाहा, निर्माण गर्दा लागेको ऋण तिर्न नसकेर चीनले सय वर्षलाई लिइरहेका छन् । सन्तुलित तथा दिगो विकासमैन्त्री परियोजनाका रूपमा पनि लिइएको छ ।
साझा हितलाई बीआरआईको ढाँचाका रूपमा लिइएको छ । यस परियोजनाले चीन, नेपाल, पाकिस्तान, अफगानिस्तान, काजिगिस्तान, म्यानमार बंगलादेश, रुस बाल्टिक क्षेत्र इरान, इराक, ब्राजिललाई जोड्ने छ भन्ने हिन्द महासागर चिनियाँ सागर तथा ठूलाठूला नदीप्रणालीलाई पनि समेट्ने हुँदा नेपालका कोशी, कर्णाली र गण्डकीलाई पनि जोड्नसक्छ । नेपालका नदी आश्रीत आधुनिक सडक, बिजुली, सञ्चार, पारवहनका करिडोरहरू बेल्ट एण्ड रोड इनिसियटिभ्ससँग जोडिने भएका छन् । केरुङ काठमाडौं रेल पुगेपछि नेपाल एसिया जोड्नका लागि आरम्भविन्दु र तिब्बत मुखद्वार अर्थात भर्खरै पर्वतीय सहकार्यका लागि बेल्ट एण्ड रोड कार्यक्रम चीनमा भएको छ । हाइअल्टिच्यूटको समस्या भूराजनीति र सन्तुलनमा समस्या देखिन सके पनि नेपाल पनि अवधारणाको समृद्ध पक्ष बनिसकेको छ भने भारत असहमतमै छ । यसले नेपालको समृद्धिमा सहकार्यमा तत्परता देखाउला । यद्यपि नेपालले चीनसँगका नाकाहरू सुरक्षित व्यवस्थित र भरपर्दो बनाउन सकिरहेको छैन । लासाबाट सिगान्सेसम्म रेल आइसकेको छ । यहाँबाट केरुङसम्म रेल आए नेपाल चीन, नजिकिने छन् तिब्बतले भर्खरै चीनको नयाँ तिब्बतको यात्रा, विश्वको सुरक्षित तेस्रो ध्रुवा एक्स्पो भर्खरै सम्पन्न गरेको छ । चिनियाँ बेल एण्ड रोड इनिसियटिभ्सलाई तिब्बतले आफ्नो सञ्जालभिर राखिरहेको सन्दर्भमा छिमेकी जिल्लाहरू लाभान्वित हुनसक्छन् ।
बेल्ट एण्ड रोड इनिसियटिभ्स भूमि, समुन्द्र र आकाशको बाटो सुरक्षित र प्रभावकारी सञ्जालको विकासको मूल ढाँचामा सहमति, सहकार्य र साझा हितका आधारमा भएकाले यस क्षेत्रको शन्ति, विकास र समुद्धिका मुनाहरू पलाउन सकेपनि नेपाल अति चनाखो हुनुपर्ने नै छ । यस परियोजनाले आफ्नो बाटोमा पर्ने देशहरूको नीतिगत समन्वय, सेवा र साघनहरूको सम्बन्धलाई हरियाली प्रोत्साहन, कार्वन कम उत्सर्जन गर्ने पूर्वाधार भए निर्माण गर्ने, सञ्चालन व्यवस्थापन गर्ने, जलवायु परिवर्तनका नकारात्मक प्रभावको विषयमा सजग रहने कुरालाई प्राथमिकतामा राखिरहँदा नेपालमात्र हैन विश्वमै जल, जमिन, आकाश, संस्कृति, समाज, सभ्यता प्रत्यक्ष प्रभावित हुनसक्छ । कमजोर क्षमताका देशका प्राकृतिक स्रोत, साधनको सदुपयोगको दुरूपयोग हुनसक्ने सम्भावना त्यत्तिकै छ ।
यातायातका पूर्वाधार निर्माणका सन्दर्भमा पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग तथा प्रस्तावित विभिन्न प्रकृतिका राजमार्गको विस्तार सञ्जाल, सुरक्षा, हुनसक्छ भने सञ्जालको विकास, विस्तार, सुख्खाबन्दरगाहा निर्माण भइ नेपालको र समुद्रको विश्वको विकटता निकटतमा पुग्न सक्छ । ग्यासपाइप लाइन, जलाशययुक्त बोध ग्रिड अप्टिकल कुबुल, अन्तर्राष्ट्रिय सञ्चार अन्तरमहादेशीय समुद्रिक अप्टिकल केबुल परियोजना र भू–उपग्रह सूचनाबाट पनि नेपाल लाभान्वित बन्नसक्छ ।
साझा बिसौनी संवाददाता ।