ओलीकै नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्न सक्छ : प्रचण्ड

Pushpa-Kamal-Dahalसुर्खेत, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी ओलीकै नेतृत्व्मा राष्ट्रिय सरकारको सहमति बन्छ भने त्यसमा आफूहरुको आपत्ति नहुने बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मुलुकमा अहिले देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ’ उनले भने, ‘ओलीजीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सबै दल सहमत हुन्छन भने हामीलाई आपत्ति छैन ।’ उनले जसको नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादी तयार रहेको बताए । संविधानको कार्यान्वयन, मधेसमा देखिएको समस्या समाधान, पुनर्निर्माण लगायतका कामका लागि सबै शक्तिहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिदै उनले कांग्रेससहित दलहरु सहभागि भएको जुनसुकै दल र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्दा पनि हुने उनको धारणा थियो । प्रदेश नं. ६ स्तरीय पार्टी एकता भेलामा सहभागि हुन प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायतका नेताहरु सुर्खेत आइपुगेका छन् ।

प्रकाशित मितिः   २८ जेष्ठ २०७३, शुक्रबार ०८:०९